0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमालेले आइतवार पोखरामा गर्ने प्रदेश नं ४ को बैठक तथा बृहत कार्यकर्ता भेलाको तयारी पूरा भएको छ । नयाँ सविधानको घोषणा भएको दिन असौज ३ को अवसर पारेर एमालेले ति कार्यक्रम गर्न लागेको हो ।  संविधानको सफल कार्यान्वयन गर्न तथा आफ्नो संगठनात्मक संरचनालाई प्रादेशिक रुपमा पुनर्गठन गरेर पूर्णता दिएको एमालेको भेलालाई पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने प्रचार प्रसार उपसमितिका संयोजक तथा नेकपा एमाले कास्कीका कार्यलय सचिव वैनबहादुर क्षेत्रीले जानकारी दिए । पोखरा सभागृहमा हुने सभालाई पार्टी उपाध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री वामदेव गौतम, महासचिव इश्वर पोखरेल, सचिव पृथ्वीसुब्बा गुरुङ लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । ‘भेलाको लागि गठन भएका उपसमितिहरुले जोड तोडका साथ काम गरेका छन,’ उनले भने,–‘कार्यक्रमका लागि सबै तयारी पूरा भएको छ ।’ उनले कार्यकर्ता भेला असौज २ गते पोखरा सभागृहमा हुने बताए । प्रदेश कमिटीको बैठक कास्कीको रुपाकोटमा असौज ३ गते हुने छ । प्रदेश कमिटीका पदाधिकारी सदस्य तथा अतिथी सहितको टोलीलाई लेखनाथ समन्वय कमिटीले विहानको नास्ताको व्यवस्था गरेको संयोजक क्षेत्रीले जनाए । बैठकमा सहभागीलाई रुपाकोट गाँउ कमिटीले स्वागत तथा खाजाको व्यवस्थापन गर्ने छ । जिल्ला कमिटीका सचिवालय सदस्य युवराज पौडेलको संयोजकत्वमा स्वंय सेवक, सचिवालय सदस्य तेजनारायण अधिकारीको संयोकत्वमा मञ्च व्यवस्थापन  र सचिवालय समितिका सदस्य जगन्नाथ बाँस्तोलाको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति गठन गरिएको छ ।




Post a Comment

 
Top