0
गोल्डेन न्यूज संवाददाता
अस्थायी शिक्षक आन्दोल कास्कीले कास्कीका सम्पूर्ण अस्थायी शिक्षकहरुलाई सरकारद्वारा हालै ल्याइएको व्यवस्थापन प्रक्रियामा सहभागी नहुन सम्पूर्ण अस्थायी शिक्षकहरुमा आग्रह गरेको छ ।  शिक्षा विभागले हालै अस्थायी शिक्षकहरुलाई परीक्षा वा सुविधा रोज्न भनेर सहि छाप सहितको फारम जिल्ला शिक्षा कार्यालय मार्फत अस्थायी शिक्षक समक्ष पु¥याएकोमा सो कार्य ऐन आठौं संशोधन विपरीत रहेको भन्दै विरोध गरेको छ । सरकार आफैले बनाएको शिक्षा ऐनलाई उलङ्घन गरेको सर्वोच्च अदालतको आदेशलाई उलङ्घन गरेको, राजनीतिक दलका नेताको अपमान गरेको,     अस्थायी शिक्षकले गरेको सेवाको अवमूल्यन गरेको आरोप संघर्ष समितिले लगाएको छ। अस्थायी शिक्षक आन्दोलन समिति कास्कीका अध्यक्ष विष्णुमणि लामिछाने र सचिव नन्दराज गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षा ऐनको व्यवस्थालाई विज्ञापन गर्ने निश्चित समय किटान नहुँदै शिक्षा विभागले विवरण भर्ने नाममा अस्थायी शिक्षकहरुको सेवाको अवमूल्यन गरिएको बताइएकोछ । विवरण फारम अस्थायी शिक्षकको  विपक्षमा भएको भन्दै बहिस्कार गर्ने समेत आन्दोलन समितिका अध्यक्ष लामिछानेले बताए । फारम भरेमा पछि अप्ठ्यारो परिस्थिति आउन सक्ने भन्दै  फारम भर्ने कार्य तुरुन्त रोकी कानून सम्मत अघि बढ्न जिल्ला शिक्षा कार्यालय कास्कीलाई अनुरोध समेत गरेको छ। यसैगरी आन्दोलन समितिले बिहीबार जिल्ला शिक्षा कार्यालय कास्कीमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको बताइएको छ ।




Post a Comment

 
Top