0
गोल्डेन न्यूज संवाददाता
सृजना विकास केन्द्र पोखराको ३९औं साधारण शुक्रबार पोखरामा सम्पन्न भयो । अधिवेशनले अर्जुन श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । केन्द्रको प्रथम उपाध्यक्षमा कृष्ण थापा, द्वितीय उपाध्यक्षमा पार्वती बराल, महासचिवमा मिनप्रसाद भट्टराई, सचिवमा विश्व श्रेष्ठ, कोषाध्यक्षमा इन्द्रप्रसाद पौडेल निर्वाचित भएका छन् भने सदस्यहरुमा कमलादेवी गिरी, चन्द्र गिरी, विक्रम कुमार खिचाजु र राजकुमार ठुसाजु सर्वसम्मत चयन भएका छन् । यसअघि कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय पोखराका निर्देशक चिरञ्जीवि चापागाईले संस्थाले उल्लेखनीय र राम्रा कामहरु गरेकामा धन्यवाद दिए । सृजना बैकिङ्ग (लघुवित्त) कार्यक्रमले गाउँ गाउँमा शाखा स्थापना गरी ग्रामिण क्षेत्रका महिलालाई लक्षित गरेर कार्यक्रम गरेकोमा प्रशंसा गरेका थिए । साथै उनले आगामी दिनमा संस्थाले गरेका हरेक काममा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
 
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार बिष्णुप्रसाद बराल, बरिष्ठ मानवअधिकारवादी नेता टेकनाथ बराल, गैह्रसरकारी संस्था महासंघका अध्यक्ष गोपाल खड्का, स्थानिय अभिभावक वीरेन्द्र नारायण बिजुक्छे, जनप्रिय बहुमुखी क्याम्पसका अध्यक्ष ईन्द्र कुँवर, टुरिजम डेभलपमेन्ट बैंकका शाखा प्रवन्धक धर्मदत्त शर्मा, सृजना महिला बचत तथा ऋण सहकारी संस्थाका सचिव सुष्मा पहारी, जाल्पादेवी महिला उद्धार समुहका उपाध्यक्ष कान्ती अधिकारी लगायतले बोलेका थिए । साधारण सभाले महासचिव शान्ति शर्माको प्रगती प्रतिवेदन र कोषाध्यक्ष मिनप्रसाद भट्टराईको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो । साथै उक्त कार्यक्रममा संस्थाले सञ्चालन गरेको सृजना बालगृहबाट २०७२ सालको एसएलसी परिक्षा उर्तीण भएका शिखर कुँवर, विजयी अधिकारी र प्रेम पुनलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष सुशिल विजुक्छे र सञ्चालन महासचिव शान्ति शर्माले गरेका थिए ।

Post a Comment

 
Top