0
विश्वकै जलस्रोतको धनी देश नेपाल भनि चिनिएको मुलुकमा वर्षातको समयमा पनि दैनीक ८, १० घण्टा लोडसेडिङ्ग अनि २०७३ भाद्र देखि १९, २० प्रतिशतले चर्को मूल्य वृद्धि कहि नभएको जात्रा हाडि गाउँमा भन्ने उखानको चरितार्थ देखाईएको छ र प्रदर्शन भै रहेको यथार्थ तपाई हाम्रो अगाडि छर्लङ्ग छ । अथवा भनौं “बुहारीका दूध देखेर गाउँले अघाए घर नाति भोकै” । हिउदको समयमा भन्दा पनि वर्षायामको मौसममा पानीको बहावलाई धान्न र ततेर्न नसकेर तराईतिर कैयौँ भुभाग जलमग्न भै खेती गरिएको जमिन समेत डुवानमा परि कैयौ तराईवासीहरु घरबारविहीन र बास गाँस समेतको चपेटामा परीरहेका छन् । अनि त्यही पानी चोरी चकारी वा ललाई, फकाई भ्रममा पारी जर्वजस्ती गरी वैध र अवैध रुपमा सन्धी सम्झौता गरी हाम्रै श्रोतबाट उत्पादन गरीएको विद्युत उल्टै हामीलाई न्युनतम शुल्क मात्र लगाई दिनु पर्ने अवस्थामा चर्को मात्रामा महसूल लगाई छिमेकी लाई देखावटी माया ममता गरी बिक्री गरिएको यथार्थ सर्वविदितै छ । एक छिन मानौं ल छिमेकी हुन, खेर गएको पानी सदुपयोग गरे, भनेर चित्त बुझाउने ठाउँ पनि त कहाँ नै छ र प्रकृतिको नियमलाई समेत लात हानेर उलंधन गरी तलतिरनै बग्ने पानीको स्वभावलाई आफ्नो स्वार्थ पूर्ती भैसकेपछी तल तिर नै बग्ने नदिई ठूला ठूला बाध र ठेलहरुको प्रयोग गरी वाधी आफ्नो पूर्ण रुपमा सुरक्षा गरी उल्टै हाम्रो भूभाग तिर प्रवेश गराई रहदा पनि घुम्ने कुर्चीमा बस्ने अन्धा मान्छेहरु लाटीले केरा हेरे झै गरी टुलु टुलु हेरी मुकदर्शक भएर सन्चो मानी बसीरहेको देख्दा खै के भनौ हाँसो लाग्छ भनु कि धिक्कार लाग्छ यस्ताहरु सत्तामा चलखेल गरिरहँदा ।  हुन त उनीहरुलाई के नै नपुग छ र नेपाली जनताहरुले मुटुलाई दाउमा राखी रगत, पसिनाबाट कमाईएको सम्पत्ती माथी विभिन्न हुदा नहुँदा चर्का करहरु लगाई त्यही राज्यको ढुकुटीबाट तिर्ने सत्ताधारीहरुले बत्ती, पानी, टेलीफोन  लगायता विविध सुविधाहरु निशुल्क रुपमा उपभोग गरीरहेका छन्, अनि यो कुरा उनीहरुलाई के थाहा ‘खुकुरीको भार अचानोलाई मात्र थाहा हुन्छ’ हो कुरा यसो हो । सिधा साधा भोका नाङ्गाहरु प्रति के को खोज, खबर, चासो चाहियो र सत्तामा बसि ऐस, आराम, मोज, मखी र रजाई गरी चित्त नबुझी पुनः पदच्युत भएपछि पनि बरिष्ठहरु मध्ये ५÷७ जसलाई ऐश विलासी पूर्ण जीवन विताउने लोभमा फसेकाहरुलाई कुन शब्द वा वचनले धिक्कार व्यक्त गरौ कि स्वावास ।  अतः यो विलासीपूर्ण सुविधा अविलम्व खारेज गरी पर्दछ । जनताहरुले दैनिकरुपमा प्रयोग गर्न र अत्यावश्यक पानी, बत्ती, टेलिफोन जस्ता नितान्त आवश्यक सुविधाहरुमा न्यूनतम महसूल लगाईएको हुनुपर्दछ र यो सकारको अनि राज्यको दायित्व पनि हो । हो, हाम्रो चाहना पनि यही नै हो, राज्यबाट शान्ति, सुरक्षा प्राप्त गर्न र महंगीको मारबाट बच्न आशा गर्दछांै र यो भन्दा बढी सुविधा खोजेका पनि छैनौँ ।
 
वास्तवमा प्राधिकरण घाटामा भए विभिन्न सुविधाहरु तथा वर्षै पिच्छे ठूलो मात्रामा बोनस रकम कहाँबाट कसरी वितरण हुन्छ ? २÷४ सय रुपैयाँ विद्युत महसूल तिर्न पर्ने ग्राहकहरुले कथंदाचित समयमा तिर्न नसकेमा लाईन नै काटिन्छ । तर लाखौं  लाख तिर्न पर्ने ठूला वडा भनौंदा तस्कर स्वभाव भएका तथा स्वयम विभिन्न संघ, संस्था, कम्पनी, औद्योगिक कलखाना तथा सरकारी कार्यालयहरुको किन लाईन नै काटिदैन हँ ? के तिनीहरुसँग नै मिलेमतो गरी कतै दान दक्षिणा त लिने गरिएको छैन ? अन्त्यमा सरकारको दृष्टिमा सबै बराबर र समान दृष्टिले हेरिएको हुनुपर्दछ । फरक व्यवहार गर्दा र गरिँदा शंकाको घेरा भित्र राखी त्यस्तै दृष्टिकोणले हेर्नु पर्ने वाध्यता छ । कि कतै “सानालाई ऐन ठूलालाई चैन” भने उक्ति प्रस्तुति गरिएको वा लागू भएको हो र ?  “मुखमा राम राम बगलीमा छुरा” अनि “बाचे मेरो पोई मरे सासुको छोरो” यो पाराले सत्ता चल्दैन अनि हामी पनि मान्न तयार छैनौ, कति मजाका कुरा “आफ्नो पोइलाई बासी मकै नाठो पोईलाई रोटी” सुख, सुविधा यहाँबाट नै प्राप्त गर्ने अनि चाकडी चापलुसी अरुहरुको गर्ने, मन्त्रदान अरुहरुबाट लिने जे जो जसरी गर्न पर्ने हो परस्परमा मिलीजुली गर्दा खेर त जान्न होला राम्रै हुन्छ कि । विषय प्रवेश गर्दा बाध्यतापूर्वक प्रसंग बश बाहिर पनि जानुपर्ने कुरा गर्नै पर्ने “कुरा गर्दा बढ्ने, आगो लागे डढने” अत्यमा नजिकिँदै आईरहेको शुभ विजयादशमी तथा दीपावलीको सुखद उपलक्ष्यमा सम्पूर्ण देश, विदेश स्थित दाजु, भाई दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै श्री दुर्गा भगवती माताले सबैको कल्याण गरुन र सबैमा सद्वुद्धि आवोस, यही शुभकामना !





Post a Comment

 
Top