0
गोल्डेन न्यूज संवाददाता
पोखरा १२ मा रहेको शितलादेवी आमा समूहको २१औं साधारसभा सम्पन्न भएको छ । कार्यक्रमकी प्रमुख अतिथि सितलादेवी आमा समूहकी निर्वतमान अध्यक्ष अम्विका वास्तोलाले सितलादेवी आमा समूहले पोखराका विभिन्न सामाजिक कार्यहरुमा सयोग गद्र्रे आईरहेको र आगामी दिनहरुमा पनि गद्र्रे जाने वताईन् । साधारणसभामा शितलादेवी सामुदायिक मा.विका व्यवस्थापन समितिका अध्यक्ष पदमा रहि सफल नेतृत्व गरी विद्यालयलाई यस वर्ष नेपालकै सर्वात्कृष्ट सामुदायिक विद्यालय बनाउन महत्वपूर्ण योगदान गरेकोले शितलादेवी सामुदायिक मा.वि व्यवस्थापन समितिका अध्यक्ष टिका वहादुर कार्कीलाई सम्मान गद्र्रै प्रशशांपत्र प्रदान गरीएको थियो भने आमा समूहको कार्य क्षेत्र भित्रका वृद्दा आमाहरु गणेश कुमारी कार्की र गुनश्री गुरुङलाई सस्थालाई योगदान गरेको कदर स्वरुप सम्मान गरीएको थियो । कार्यक्रममा विशिष्ट अतिथि शितलादेवी सामुदायिक मा.वि व्यवस्थापन समितिका अध्यक्ष टिका वहादुर कार्की, सितलादेवी आमा समूहकी संस्थापक अध्यक्ष यादा कार्की, मुडुला कार्की कुल व्यवस्थापन समितिका अध्यक्ष डिल वहादुर कार्की लगाएतले साधारण सभाको सफल्ताको कामना गरेका थिए । आमा समूहकी अध्यक्ष पूर्ण कार्कीको अध्यक्षयत्तामा सम्पन्न साधारण सभामा उपाध्यक्ष सरस्वती अधिकारीले स्वागत मन्तव्य, सरस्वती पराजुली र सरस्वती कार्कीले शुभकामना मन्तब्य तथा आमा समूहकी उपाध्यक्ष सीता वास्तोलाले धन्यवाद ज्ञापन गरेकी थिइन् भने कार्यक्रम समूहकी सचिव भगवती शर्मा वास्तोलाले सन्चालन गरेकी थिइन् ।

Post a Comment

 
Top