0
गोल्डेन न्यूज संवाददाता
चिकित्सा शास्त्र अध्ययन संस्थान, पोखरा नर्सिङ क्याम्पसको आयोजनामा शनिवार निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भयो । नर्सिङ क्याम्पसको दोस्रो वर्षमा अध्ययनरत छात्राहरुवाट पोखरा उपमहागरपालिका  वडा नं २७ हेम्जाको विष्णु पादुका माविको प्राङ्गणमा विद्यार्थीहरुले छ हप्ते  सर्वेक्षणवाट प्राप्त रिपोर्ट अनुसार शिविर गरिएको हो । डा. शंकर वरालले एक जनाको रक्तचाप जाँच गरेर शिविरको उद्घाटन गरेका थिए । शिविरमा दुई सय ५५ जनाको जाँच गरिएको  कार्यक्रममा निःशुल्क रगत तथा पिसाव जाँच समेत गरिएको थियो । शिविरमा मेडिकल तर्फ डाक्टरहरु क्रमशः शंकर वराल, अनिरुद्र देवकोटा, बासुदेव पौडेल, स्त्रीरोग तर्फ डाक्टहरु क्रमश मञ्जिता बज्राचार्य, विनिता श्रेष्ठ, सुदिप गुरुङ र जुली भण्डारीले जाँच गरेका थिए । त्यसैगरी बालरोगतर्फ डाक्टहरु क्रमशः रजनिस मिश्र र रवि ढकाल, नाक कान घाँटीतर्फ डा. एन्जिला पोख्रेल, टेकनिसियन तर्फ एकबहादुर कुँवर र ल्यावतर्फ सरोज वाग्लेले जाँच गरे । पोखरा उपमहानगरपालिका वडा नं २७ का सचिव कविन्द्र कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं २९ का सचिव इश्वरी प्रसाद बाँस्तोला लगायत वोलेको कार्यक्रममा संचालन वि एन एस दोस्रो वर्षमा अध्ययनरत अमृता पौडेलले गरेकी थिइन ।





Post a Comment

 
Top