0
गोल्डेन न्यूज संवाददाता
नेपाल रेडक्रस सोसाईटी कास्की शाखाको आयोजना तथा नेपाल जुनियर रेडक्रस सर्कल महेन्द्र उच्च मावि पोखरा–९, नयाँबजारको व्यवस्थापनमा दुई दिने विद्यालय स्तरीय प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।  नेपाल रेडक्रस सोसाईटी प्राथमिक उपचार महाशाखाको सहयोगमा बालबालीका लागि र बालबालिकाद्वारा प्राथमिक उपचार भन्ने नाराका साथ दुई दिने तालिम सम्पन्न भएको हो। तालिममा विद्यालयका २४ जना छात्र–छात्राको सहभागिता रहेको थियो । तालिमको समापन गर्दै नेपाल रेडक्र सोसाईटी प्राथमिक उपचार महाशाखा प्रमुख कृष्ण घिमिरेले तालिम बालवालिकाहरुका लागि आवश्यक र महत्वपूर्ण रहेको बताउँदै सिकेका सिप उपयोग गर्न आग्रह गरे।  सो अवसरमा विद्यालयका शिक्षक नायक एवम् रेडक्रसका केन्द्रीय सभासद् सूर्य प्रसाद ढकाल, रेडक्रस कास्कीका उपनिर्देशक खेमराज सापकोटा, सर्कलका संरक्षक एवम् प्रधानाध्यापक रामदत्त पौडेल, सहायक प्रधानाध्यापक विकल पौडेल, प्रशिक्षक शुक्रराज सुवेदी, सर्कलका सल्लाहकार एवम् शिक्षक गोविन्द पौडेल, पिताम्वर भण्डारी, सहभागिको तर्फबाट सचिन्द्र तामाङ, सर्कल अध्यक्ष वर्षा मानन्धर लगायतले बोलेका थिए ।  तालिममा विद्यार्थीमा आई पर्ने दुर्घटना, चोटपटक लगायतका अवस्थामा प्राथमिक उपचार सेवा प्रदान गनेबारे जानकारी गराइएको थियो । साथै प्राथमिक उपचारको परिचय, घाँइतेको जाँज, बेहोसी र मुर्छा, अड्किनु, रक्तश्राव र क्षोभ, घाउ चोटपटक र पट्टीहरु, पोलाई र करेन्ट लाग्नु, हाड भचाइ, विष पर्नु र जनावरको टोकाई, घाइतेको ओसार–पसार लगायतका विषमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान सिप प्रदान गरिएको थियो । तालिमको सहजिकरण प्रशिक्षक शुक्रराज सुवेदी, मिना सुवेदी र श्रीराम तिमिल्सिनाले गरेका थिए। कार्यक्रमको सञ्चालन प्राथमिक उपचार सडक सुरक्षा कार्यक्रमका फिल्ड को–अर्डिनेटर प्रतिभा सापकोटा पोखरेलले गरेका थिए ।

Post a Comment

 
Top