0
गोल्डेन न्यूज संवाददाता
समर्पण बचत तथा ऋण सहकारी संस्था, पोखरा–९ को सातौं साधारणसभाले अर्जना प्रधानको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन गरेको छ । उनी यसअघि पनि अध्यक्ष थिइन् । कार्यसमिति उपाध्यक्ष हीरा बास्तोला, सचिव बेलकुमारी पराजुली, कोषाध्यक्ष कल्याणी श्रेष्ठ, सदस्य शान्ति श्रेष्ठ, शक्ति प्रधानाङ्ग र उमर शोभा गुरुङ चयन भए । यस्तै, लेखा समितिको संयोजकमा रीता पालिखे र सदस्य प्रमिला श्रेष्ठ, र कोकिल जोशी चयन भए । ऋण उपसमितिमा दुर्गा ढकाल र सुशीला श्रेष्ठ शिक्षा उपसमितिमा रमा श्रेष्ठ र सुशीला पराजुली चयन भए । निर्वाचित पदाधिकारीलाई निर्वाचन संयोजक अधिवक्ता रोहितराज बास्तोलाले शपथ खुवाएका थिए । यसअघि संस्थाका वरिष्ठ सल्लाहकार योगेन्द्र प्रधानले साधारणसभा उद्घाटन गर्दै सहकारी संस्थाले छोटो समयमा गरेको प्रगतिको प्रशंसा गरे । संस्थाका अध्यक्ष अर्जना प्रधानको अध्यक्षतामा भएको साधारण सभामा वरिष्ठ सल्लाहकार योगेन्द्र प्रधान एवं सल्लाहकार महेश पराजुली तथा तारा काफ्लेलाई सम्मानपत्र एवं मायाको चिनो प्रदान गरिएको थियो ।  संस्थाको वार्षिक प्रतिवेदन तथा आगामी कार्य योजना अध्यक्ष अर्जना प्रधानले प्रस्तुत गरेकी  थिइन् भने कोषाध्यक्ष कल्याणी श्रेष्ठ संस्थाको वार्षिक प्रतिवेदन तथा लेखा परिक्षण प्रतिवेदन पेश गरेका थिए । साधारणसभाले अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । कार्यक्रममा संस्थाका सल्लाहकार तारा काफ्ले तथा निर्वाचन संयोजक रोहितराज बास्तोलाले संस्थाको प्रगतिको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । स्वागत मन्तव्य सदस्य शान्ति श्रेष्ठ, धन्यवाद ज्ञापन हिरा बास्तोला र संचालन सचिव बेलकुमारी पराजुलीले गरेकी थिइन् ।





Post a Comment

 
Top