0
गोल्डेन न्यूज संवाददाता
निजी विद्यालय स्थापनाको २२ वर्षमा अन्य विद्यालयलाई पछि पार्दै पश्चिमाञ्चल कै नम्बर एकमा पर्न सफल भएको छ । पोखराको मदरल्याण्ड उच्च मावि संस्थागत विद्यालयतर्फ पश्चिमाञ्चलकै उत्कृष्ट विद्यालय हँुदै बिहीबार नगद १ लाख सहित समानीत भएको छ । सरकारले शिक्षा दिवसको अवसरमा पुरस्कृत गर्ने विद्यालयको सूचिमा मदरल्याण्ड पश्चिमाञ्चलको पहिलो र देशकै तेश्रो उत्कृष्ट विद्यालयको रुपमा सूचिकृत भएको हो । विद्यालयले शिल्ड, ध्वजा, प्रमाणपत्र र एक लाख नगद प्राप्त गरेको छ । विद्यालय छनौट समितिले बिशेष अध्ययन गरेर मदरल्याण्डलाई उत्कृष्ट विद्यालयको रुपमा सिफारिस गरेको हो ।
विद्यालयले ८६.३६ अकं प्राप्त गरेको छ । शैक्षिक गुणस्तरीयता कै कारण आफ्नो विद्यालय उत्कृट हुन सफल भएको विद्यालयका उच्च मावि संयोजक तथा संस्थापक सदस्य नारायण प्रसाद आचार्यले बताए । मदरल्याण्डले अघिल्लो एसएलसी परीक्षामा न्यूनतम २.७ देखि अधिकतम ३.९ सम्म जिपिए प्राप्त गरेका विद्यार्थी उत्तीर्ण गराउन सफल भएको थियो । २०६१ सालदेखि उच्च मावि संञ्चालन गरेको विद्यालयमा हाल २ हजार ३ सय बढी विद्यार्थी अध्ययनरत छन् । ४५ जना विद्यार्थीबाट २०५१ सालमा सुरु भएको मदरल्याण्डमा अहिले करिब २ सय जनाले रोजगारी पाएका छन् । अघिल्लो एसएलसी परीक्षाको उत्तीर्ण दर, प्राप्त जिपिए, ९ कक्षाको बिद्यार्थी भर्नादर र उत्तीर्ण दर हेरेर उत्कृष्ट विद्यालयको रुपमा छनौट गर्ने गरिन्छ । १ सय ५४ जनाले परीक्षा दिएको अघिल्लो बर्षको एसएलसी परीक्षामा ६१ जनाले ‘ए’ ग्रेड प्राप्त गरेका थिए । विद्यालय उत्कृष्ट हुनु पोखराकै लागि गर्वको बिषय भएको विद्यालयका संस्थापक कृष्ण बरालले बताए । यसलाई कायम राख्न र सँधै उत्कृष्ट बनाउनका लागि आँफूहरु दिनरात लागिरहने बताए । ०५१ सालमा स्थापित विद्यालयमा हालसम्म १३ सय भन्दा बढी विद्यार्थीले एसएलसी उत्तीर्ण गरिसकेका छन् भने उत्तीर्ण विद्यार्थीहरु कुनै न कुनै पेशा ब्यवसायमा लागेका बराल बताउँछन् । हाम्रा विद्यार्थीहरु विश्वमै प्रतिस्पर्धा गर्न सक्ने खालका छन्, उनले भने–मेडिकल, इञ्जिनियरिङ, बैंकिङ क्षेत्रमा हाम्रै विद्यार्थीहरु धेरै देखिन्छन् । एसएलसी बोर्ड हुँदा यहाँका विद्यार्थीहरु नेपालमै दोश्रो स्थानसम्म पुगेका बताए । उनले एउटै व्याजबाट १५ जनाले सम्म एमविविएसका लागि नाम निकालेको उल्लेख गरे । विद्यार्थीको लगनशिलता, कुशल ब्यवस्थापन र उत्कृष्ट नतिजाका कारण विद्यालय देशमै परिचित भएको विद्यालयका प्रधानध्यापक नारायण प्रसाद बराल बताउँछन् । उनले अझै सर्वोत्कृष्ट हुनका लागि मेहिनत गर्ने बताए ।





Post a Comment

 
Top