0
गोल्डेन न्यूज संवाददाता
शिक्षा दिवस तथा तीजको अवसर पारेर कास्की नेत्रहीन संघ महिला समितिले आयोजना गरेको अपाङ्गता भएका महिलाहरुलाई कानूनी सचेतनामूलक अन्तत्र्रिmया कार्यक्रम बिहीबार सम्पन्न भएको छ। अपाङ्ता भएका व्यक्तिका अवसर र चुनौती तथा कानूनी सचेतना विषयक अन्तत्र्रिmयामा कास्कीका विभिन्न क्षेत्रमा कार्यरत तथा अध्ययनरत दृष्टिविहीन   महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा अधिवक्ता सुष्मा पौडेलले अपाङ्गता भएका व्यक्तिको अधिकार तथा नयाँ संविधानमा महिलाका अधिकार लगायतका विषयमा सहजीकरण गरेकी थिइन् साथै भने नेत्रहीन संघ महिला समितिका संयोजक शोभा पौडेलले अपाङ्गता भएका महिलाको अवसर र चुनौतिका सहजीकरण गरेकी थिइन्। कार्यक्रममा सहभागीहरुले आफ्ना अनुभव तथा समस्याका वारेमा बोलेका थिए । कार्यक्रमको उद्घाटन उद्घाटन पोखरा व्यवसायी महिला क्लबले कास्की नेत्रहीन संघलाई ब्रेल लिपी पेपर र मेमोरी कार्ड सहयोग गरी गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पर्यटन व्यवसायी लक्की कार्की क्लवका अध्यक्ष हरिमाया शर्मा, उपाध्यक्ष धनेश्वरी पराजुली, सचिव ईन्दुु भट्टराई, कल्पना ढुङ्गाना, सदस्य रजनी श्रेष्ठ र यममाया गिरीले संयुक्त रुपमा सचिव अमृत बराल लगायतलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले अपाङ्गता भएका महिलाहरु आत्मविश्वासका साथ अघि बढे सपाङ्ग भन्दा पनि अघि बढ्न सक्नेमा जोड दिइन् । कार्यक्रम संयोजक शोभा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका अध्यक्ष हरिमाया शर्मा, नेपाल नेत्रहिन संघका केन्द्रीय सचिव शिशिर खनाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पोडेल, राष्ट्रिय अपाङ्ग महासंघ जिल्ला शाखा कास्कीका अध्यक्ष हेम गुरुङ,  वकालत महासंघ कास्कीका अध्यक्ष सूर्य रानाभाट यात्री लगायतले वोलेका थिए । कार्यक्रममा स्वागत सचिव अमृत बरालले गरेका थिए भने कर्यक्रमको संचालन शिक्षा समितिका संयोजक तथा सञ्चारकर्मी श्रीराम सापकोटाले गरेका थिए ।



Post a Comment

 
Top