0
नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ ले स्थापनाका साथसाथै मानवीय सेवामा लागि परी स्वास्थ्य, वातावरण र सडक सुरक्षा अभियानलाई प्राथमिकता दिई आफ्नो उपशाखाका सदस्य परिचालन गरी उपशाखा मार्फत जिल्ला रेडक्रसलाई सहयोग गरिरहेको उपशाखा १०, ११ ले सवारी साधन दुर्घटना न्यूनिकरण सम्बन्धी सडक सुरक्षा अभियान विश्व रेडक्रस दिवस मे ८ देखि जेब्राक्रसिङबाट सडक पार गरौं भन्ने जनचेतना फैलाउने कार्य अगाडि सारेको अभियानका सहसंयोजक सूर्य बहादुर बानियाले बताए । सडक सुरक्षा अभियान सफल बनाउन उपशाखा १०, ११ का ३६ जना लगायत २ जना ट्राफिक प्रहरी परिचालन गरी हरेक हप्ताको शुक्रबार एकदिन अमरसिंहचोक पोखराको चोकमा प्रत्येक हप्ता १० जना परिचालन गरी १ घण्टा ट्राफिक चेतना जागरण गराउन सडक पैदल यात्रीलाई जेब्राक्रसिङ बाट बाटो काट्न र सवारी साधनलाई जेब्राक्रसिङमा बाटो काट्ने समयमा सवारी साधन रोक्नुपर्छ भन्ने चेतना फैलाउन अभियानले निकै सघाएको अभियानका सदस्य सीता तिमिल्सिनाले बताए । २०७३ बैशाख २६ देखि संचालन गरिएको उक्त सडक सुरक्षा अभियानमा सडक सुरक्षाका लागि अति आवश्यक सडकका चोकचोकमा रेलिङको व्यवस्था मिलाउनु पर्ने, जेब्राक्रसिङ बनाउनुपर्ने, सडक यात्रीहरुलाई सडक सुरक्षा सम्बन्धी चेतना जगाउनुपर्ने र चालकहरुलाई अनुमति पत्र दिने बेलैमा जेब्राक्रसिङसम्बन्धी जानकारी दिनुपर्ने र सडकको दायाँबायाँ फुटपातको व्यवस्था गर्नुपर्ने र विग्रेका सडकको खाल्टोहरु समय समयमा टालटुल गर्नुपर्नेमा सम्बन्धित निकाय मौन बसेको र सवारी साधन चालकले नियम पालना नगरेको अभियानबाट खुल्न आएको र सम्बन्धित निकायले त्यस विषयमा चासो दिई कार्यान्वयन गराउनु पर्ने भन्दै अभियान संयोजक उपशाखा १०, ११ का सभापति सम्मर बहादुर श्रेष्ठले सडक सुरक्षामा सबैले चासो दिनुृपर्ने र अभियानलाई निरन्तरता दिने बताए ।

Post a Comment

 
Top