0
गोल्डेन न्यूज संवाददाता
अनेरास्ववियू भूगोल जिल्ला कमिटी कास्कीले कास्कीका ग्रामिण भेगका विद्यालयहरुलाई सेतोपाटी वितरण गर्न सुरु गरेको छ । विहीबार कास्कीको अर्मला स्थित जनता प्राविलाई चार थान ह्वाईट बोर्ड प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियू गण्डकी अञ्चल ईञ्चार्ज सरिता पुरीले विद्याथीईलाई वैज्ञानिक र व्यवहारिक शिक्षा दिनुपर्ने अपरिहार्य आवश्यकता रहेको भन्दै गाउँ गाउँमा अझै पनि विद्यालयमा ह्वाईट बोर्ड नभएको विडम्वनापूर्ण अवस्था भएको बताईन् । उनले सबै विद्यार्थी अनुशाषित र लगनशील भई मेहनतका साथ शिक्षा हासिल गर्नुपर्नेमा जोड दिईन् । कार्यक्रमको अध्यक्षता समेत गरेका अनेरास्ववियू भुगोल जिल्ला कमिटि कास्कीका अध्यक्ष शेखर गौतमले संगठनले रचनात्मक कार्यक्रम लिएर विद्यार्थीमाझ जाने अभियान अन्तर्गतको यो कार्यक्रम रहेको भन्दै अझै पनि चक डस्टरले कालोपाटीमा लेख्ने चलन रहेकाले यो समयमा कम्तिमा मार्कर र ह्वाईटबोर्ड भए शिक्षण सेवा प्रभावकारी बन्ने बताए । शुक्रबार पनि लेखनाथका विभिन्न विद्यालयमा ह्वाईट बोर्ड प्रदान गर्ने कार्यक्रम रहेको सचिव राजेन्द्र बसौलाले जानकारी दिए । विद्यालयका प्राचार्य डिल्लीराम पौडेलले विद्यार्थीहरुले विद्यार्थीकै लागि सराहनीय काम गरेको भन्दै धन्यवाद व्यक्त गरे । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष लिलाधर पौडेल, ज्ञानज्योति विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जीवन आचार्य, अनेरास्ववियू जिल्ला कमिटि सचिवालय सदस्य माधव गौतम, ऋषि गौतम लगायतले बोलेका थिए ।

Post a Comment

 
Top