0
पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–२६, चिसाखोला आश्रम कास्कीले आफ्नो १८औँ साधारणसभा तथा दाता स्मारिका विमोचन कार्यक्रमको तयारी पुरा भएको जनाएको छ । कार्यक्रममा विद्याश्रम सञ्चालन तथा अक्षकोषका लागी दान सहयोग गर्ने दाताहरु सम्मान एवं गतवर्ष एस.एल.सीमा उत्कृष्ट हुने विद्यार्थी सम्मान एवं शैक्षिक पुरस्कार वितरण एवं विविध कार्यक्रम हुने विद्याश्रमका सचिव गङ्गासागर उपाध्यायले जानकारी दिए । विद्याश्रमका अनुसार लायन्स क्लब पोखरा ग्रीन सिटी र लायन्स क्लब पोखरा फिस्टेल सिटीको आयोजना एवं सहयोगमा २०० वार्डको सोलार र एक थान टिभि विद्याश्रमका प्रमुख संरक्षक वेदगुरु केदारनाथ उपाध्यायलाई ग्रीन सिटिका अध्यक्ष हेमराज शर्मा, फिस्टेल सिटीका अध्यक्ष इन्जिनियर सुरेन्द्र पौडेल, ग्रीन सिटिका द्वितीय उपाध्यक्ष गुरु त्रिपाठी, जोन चियर पर्सन बाबुराम अधिकारीले संयुक्त रुपमा हस्ताण्तरण गरेको विद्याश्रमका मानार्थ प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष मोक्षनाथ तिमिल्सिनाले जानकारी दिए । सोही अवसरमा कुलचन्द्र शर्माले पितृउद्धारका लागि पाँच हजार पाँच रुपैयाँ, इ.सुरेन्द्र पौडेलले तीन हजार रुपैयाँ नगद सहयोग गर्नुका साथै लायन्स क्लब अफ पोखरा दर्लणले ८ दिन बराबरको भोजनका लागि खाद्यसामाग्री, नमस्ते बचत तथा ऋण सहकारी र सिद्धार्थ टोल विकास संस्थाले पनि विद्याश्रममा आवासीय रुपमा रहेका ७५ जना ब्राह्मण विद्यार्थी वटुकका लागि भोजन सहयोग गरेको संस्थापक अध्यक्ष तिमिल्सिनाले जानकारी दिदै आगामी दिनमा यस्ता सहयोगका कार्यक्रम गर्न तिमिल्सिनाले सबैमा आग्रह समेत गरे ।  


Post a Comment

 
Top