0
गोल्डेन न्यूज संवाददाता
पोखराका उद्योगी तथा व्यवसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वशंकर पालिखे विजयी भएका छन्। आफ्ना निकटम् प्रतिद्वन्दी देव क्षेत्रीलाई १५५ मतको अन्तरले पछाडि पार्दै पालिखे विजयी भएका हुन् । पालिखेले ९५५ मत प्राप्त गरि विजयी भए भने क्षेत्रीले ८०० मतमात्र प्राप्त गरि पराजित भए । अध्यक्ष पदमा पराजित भएका नारायण कोइरालाले ४११ मत, हिरा भट्टराईले १६३, ईश्वर कर्माचार्यले १२३ र धनिराम बरालले ४४ मत मात्र प्राप्त गरे । संघको पदाधिकारीमा पनि विश्वकंशर पालिखे प्यानलकै वर्चश्व कायम भएको छ । पदाधिकारी अन्तर्गत वरिष्ठ उपाध्यक्षमा रविन्द्रबहादुर प्रजू, उद्योगतर्फको उपाध्यक्षमा गोकर्ण कार्की र वाणिज्यतर्फको उपाध्यक्षमा विन्दु कोइराला सुवेदी विजयी भएका छन् । वरिष्ठ उपाध्यक्ष प्रजूले मिनराज काप्mलेलाई पराजित गरेका हुन्। प्रजूले १ हजार ४५४ मत प्राप्त गरि विजयी भए भने काफ्लेले १ हजार ४० मत मात्र प्राप्त गरे ।
यसैगरी उद्योगतर्फको उपाध्यक्षमा निर्वाचित कार्कीले सीता गुरुङलाई १ मतले पराजित गरेका हुन् । कार्कीले १ हजार २४१ मत प्राप्त गरि विजयी भएका हुन् भने पराजित गुरुङले १ हजार २४० मत प्राप्त गरिन्। निर्वाचित वरिष्ठ उपाध्यक्ष प्रजू र कार्की दुवै पालिखे प्यानलका हुन् । प्रजूको विजय संगै आगामी महाधिवेशन बाट अध्यक्ष बन्ने उनको सम्भावना बढेको छ । संघको महाधिवेशनमा कुनै पनि प्यानलमा नबसी चुनावमा होमिएकी विन्दु कोइराला सुवेदी वाणिज्यतर्फको उपाध्यक्षमा निर्वाचित भइन । सुवेदीले ९६२ मत प्राप्त गरेकी थिइन भने पालिखे प्यानलबाट उम्मेदवारी दिएका केदारनाथ भट्टराईले ८२८ मत र क्षेत्री प्यानलबाट उम्मेदवारी दिएका सुरेश अधिकारीले ६९० मत प्राप्त गरे । यसैगरी क्षेत्री समूहका लक्ष्मी पाण्डे क्षेत्रीलाई पराजित गर्दै महासचिव पदमा पालिखे समूहका दामु अधिकारी निर्वाचित भएका छन् । उनले १ हजार ४९६ मत प्राप्त गरि निर्वाचित भए भने पाण्डेले १ हजार ८९ मत मात्र प्राप्त गरिन् । संघको कोषाध्यक्ष पदमा क्षेत्री समूहका जनकराज पराजुलीलाई पराजित गर्दै पालिखे समूहका पवनकुमार प्रजापति निर्वाचित भएका छन् । प्रजापतिले १ हजार ५१८ मत पाइ विजयी भए भने पराजुलीले ९७५ मतमात्र प्राप्त गरे । यस्तै उपमहासचिव पदमा क्षेत्री प्यानलबाट उम्मेदवारी दिएका अर्जुन पोखरेल निर्वाचित भएका छन् । उनले पालिखे प्यानलका नविन बराल र स्वतन्त्र उम्मेदवार धर्मराज अर्याललाई पराजित गरेका हुन् । निर्वाचित पोखरेलले १ हजार ९८, बरालले ९९१ र अर्यालले ३९४ मत प्राप्त गरेका थिए । त्यसैगरी संघको खुल्ला सदस्यमा अनिल सिग्देलले सबैभन्दा बढी मत १ हजार ५६८, किसान सुनार १ हजार ३४०, गीता तिवारी १ हजार ११८, गोमा ढकाल १ हजार १४३, चीनु गुरुङ १ हजार ३३५, देवकृष्ण काफ्ले १ हजार २९२ मत, प्रेमबहादुर भूजेल १ हजार १६५ मत, यदुनाथ अधिकारी १ हजार ३५५, सीता बराल १ हजार ५१३ र सुरेन्द्रमान बिजुक्छे १ हजार ३७० मतका साथ विजयी भएका छन् । सदस्यमा निर्वाचित चिनु गुरुङ र गोमा ढकालमात्र देव क्षेत्री समूहबाट उम्मेदवार बनेका थिए ।  सदस्य पदमा पराजित भएका अन्य उम्मेदवारहरु अर्जुन खनालले ८५१, कुमारी मुना बाँस्तोलाले १ हजार १०४, कृष्ण रानाभाटले ५११, गिरधारी शर्माले १ हजार २६, नवराज त्रिपाठीले ८६६, पवित्रादेवी गुरुङले १ हजार १८, प्रेम प्रसाद पौडेलले १ हजार १३, बलराम आचार्यले ९१३, महेश्वर पोखरेलले ६८८, हरिराज पन्तले ८८८ र हिमालय बख्रेलले ८८९ मत प्राप्त गरे ।  यसैगरी संघको वस्तुगत ४ सदस्यका लागि भएको निर्वाचनमा  यमनाथ पौडेल, देवबहादुर  (डिबी) भुजेल, नारायणप्रसाद पौडेल र गिरीधारी अधिकारी विजयी भएका छन् । वस्तुगतमा यामनाथ पौडेलले १४, डिबी भुजेलले १३, नारायण प्रसाद पौडेलले र गिरीधारी अधिकारीले १२÷१२ मत ल्याएका छन्। वस्तुगत सदस्यमा पराजित भएका अन्य उम्मेदवारहरु केपी शर्माले ८, तारानाथ ढुंगानाले १०, माधव प्रसाद पौडेलले ११, यमनाथ तिमिल्सिना १० मत प्राप्त गरे । वस्तुगततर्फ जम्मा २२ सदस्यले मतदान गरेका थिए ।




Post a Comment

 
Top