0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा गएर प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शिर झुक्ने गरी राष्ट्र र जनताको हित विपरित २५ बुँदे संयुक्त बक्तब्य जारी गरेको आरोप लगाएका छन् । शुक्रबार राति प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले २५ बुँदे संयुक्त बक्तव्य जारी गरेको थियो । एमालेले उक्त बिज्ञप्तिको विरोध गर्ने बताउँदै दाहाल भारतसँग झुकेर घुँडा टेकेर फर्केको दावी गरे । ‘नेपालको शिर झुक्यो,’ एमाले प्रदेश नम्बर ४ को भेलालाई आइतवार पोखरामा उद्घाटन गर्दै उनले भने, ‘दाहालले भारत भ्रमणमा जे–जे गर्नुभयो त्यो एउटा पनि राम्रो काम गर्नुभएन । मुलुकको हितको पक्षमा छैन् ।’ प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धी विहीन भएको पनि उनले दावी गरे । भारतले गत वर्ष संविधानलाई ठूलो उपलब्धी भन्यो तर, अहिले ठीक छैन संशोधन गर्नुपर्छ भन्नुले शंका पैदा गरेको उनको तर्क थियो । सविधान संशोधन गर्नुपर्छ भनेर भारतले बोल्नु ठीक नभएको उनले बताए । ‘अरुको इशारा अनुसार नचल्दा मेरो नेतृत्वको सरकार ढल्न पुग्यो,’ ओलीले भने, ‘संविधान जारी नगराउन ठूलै षडयन्त्र भएको थियो । सबैलाई घिसारेर, तानेर ल्याएर चलाखीपूर्ण तरिकाले संविधान जारी गर्न सफल भयौं । अब संविधान संशोधनको नाममा संविधानलाई कार्यन्यवन गर्न नदिने र नेपालमा अस्थिरता काम गर्न फेरी ठुलै चलखेल भएको छ । भारतले प्रधानमन्त्री दाहाललाई संविधान संशोधन गर्न भन्नु नेपालको संविधान विपरित भएको उनले तर्क थियो । अहिले संविधान संशोधन भन्दा देशमा तीनै तहको चुनाव गराउनु मुख्य आवश्यक्ता रहेको ओलीले बताए । एमाले महासचिव इश्वर पोखरेलले चुनाव नगराएर संविधानलाई तुहाउन सरकारले षड्यन्त्र गर्न लागेको आरोप लगए । उनले संविधान संशोधन कुनै हालतमा पनि हुन नसक्ने ठोकुवा गरे ।

Post a Comment

 
Top