0
नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राष्ट्रपति, प्रधान न्यायाधीश र सभामुख महिला भएको परिवेशमा एक दिन प्रधानमन्त्री पनि महिला हुने बताएका छन् । पार्टीको भ्रातृ संस्था नेपाल महिला सङ्घले तेस्रो महाधिवशेनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद हस्तान्तरण गर्न यहाँ आज आयोजना गरेको कार्यक्रममा सभापति देउवाले सो कुरा बताएका हुन् ।  संविधानसभाबाट संविधान जारी भएपछि महिलाका हक अधिकार बढेको बताउँदै उनले भने– “छिट्टै हुने स्थानीय निकायको निर्वाचनमा पनि संविधानले महिलाको बढी प्रतिनिधित्व हुने प्रावधान गरेको छ ।” संविधान कार्यान्वयन मुलुकको प्रमुख चुनौती भएको बताउँदै सभापति देउवाले त्यसका लागि स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन हुनु अपरिहार्य रहेको विचार व्यक्त गरे । निकट भविष्यमा हुने स्थानीय निकायको निर्वाचनमा लोकतन्त्रको रक्षा गर्न र संविधान कार्यान्वयन गर्न काँग्रेसले जित्नैपर्ने बताउँदै उहाँले त्यसमा महिला सङ्घलगायत भ्रातृ संस्थालाई सक्रिय रुपमा लाग्न निर्देशन दिए। कार्यक्रममा काँग्रेस नेतासमेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले वर्तमान सरकार गठनका बेला सत्तासाझेदार दलसँग भएका सहमतिका आधारमा संविधान कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

Post a Comment

 
Top