0
गोल्डेन न्यूज संवाददाता
तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं ४ मा रहेको राना गाँउमा राना मगर समुदायहरुको सक्रियता र संयुक्त आप्रवासन र विकास पहल परियोजना अन्र्तगत एसियन फोरमको सहयोगमा २०७२ श्रावण महिना बाट होमस्टे सञ्चालन गरिएको छ । पर्यटकहरु राना गाँउ पुगीसकेपश्चात रानागाँउमा रहेको भाल्डाँडा बाट मनास्लु ,गणेश हिमाल, कालिका स्थान, भानुभक्तको जन्मस्थल, बसन्तपुरमा थानी भाइको मन्दिर र तनुचुर जस्ता ठाँउहरु भ्रमण गर्न सकिन्छ ।
 
तनहुँको रानागाँउ भाल्डाँडाले ऐतिहासिक विशेषता बोकेको छ । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु गा.वि.स अन्र्तगत नजिकै पर्ने राना गाँउ मगर समुदायको बाहुल्य रहेको ठाँउ पनि हो । रानागाँउ पुगिसकेका पर्यटकहरु छुट्टै पहिचान बोकेको मगरजातिको खैजडिको तालमा कौडा, चुट्कामा रमाउन पाँउने छन् । पर्यटकहरुले त्यहाँ सञ्चालित होमस्टे परिवारले त्यहाँको स्थानीय उत्पादन, सालको टपरीमा सेल रोटी, गुन्द्रक र अन्य अर्गानिक खाना खुवाँउने व्यवस्था मिलाएको पाइन्छ । कुल ३६ परिवार रहेको रानागाँउमा ११ परिवारमा होमस्टेको व्यवस्था मिलाइएको छ । राना गाँउका अधिकांश जग्गाहरु झाँडी, खरबारी भएका कारण पनि होमस्टे कार्यक्रमले अर्गानिक खेतीतर्फ त्यहाँका बासिन्दाको ध्यान जाने आशा रहेको होमस्टे सञ्चालन समितिका अध्यक्ष पदम बहादुर रानाको भनाई छ । उनले होमस्टे कार्यक्रम सञ्चालन पुर्व त्यहाँबाट बसाँइसराई गरी डुम्रे, पोखरा, चितवन लगायतका विभिन्न ठाँउमा जाने, बैदेशिक रोजगारीमा जाने, र केटाकेटी पठाउन सहर बजार झर्दा राना गाँउमा जनसंख्या कम हुन पुगेको उल्लेख गरे । पर्यटकहरुलाई सिढी मार्ग बनाई रानागाँउको पर्यटन प्रर्वद्धनमा जोड दिई होमस्टे सञ्चालन कार्यलाई प्रभाकारी रुपमा अगाडि बढाइने आगामी योजना रहेको सचिव रुप बहादुर रानाले जानकारी दिए । गत बिहीवार राना गाँउको होमस्टे अवलोकनका लागि पोखरा र तनहुँका २० जना पत्रकारहरुको टोली एशियन फोरमको नेतृत्वमा गएको थियो । पत्रकारहरुको समूहले रानागाँउमा सञ्चालित होमस्टे अवलोकन गर्नुका साथै त्यहाँ स्थित कालिका माईको दर्शन भाल्डाँडा गाँउको अवलोकन गरेका थिए । पत्रकारहरुको समुहलाई स्वागत गर्न राना मगरहरुको समुदायले फूल मालाका साथ कौडा नृत्य समेत प्रस्तुत गरेका थिए। पत्रकारहरुले त्यहाँबाट अवलोकन गर्न सकिने स्थलहरुको अवलोकन गर्नका साथै दृश्वलोकन पनि गरेका थिए । उनीहरुले राना मगरहरुको दैनिक जीवनयापन, होमस्टे सञ्चालन पुर्वको अवस्था, सञ्चालन पश्चातको अवस्था, पर्यटकहरुको आगमन पश्चात सिकेका कुराहरु लगायतका विषयमा कुराकानी गरेका थिए। रानागाँउका होमस्टे सञ्चालकहरुले टोलीलाई पत्रकारहरुको विदाई गर्ने बेलामा पत्रकारहरुले होमस्टे सञ्चालनका लागि विभिन्न सल्लाह सुझाव प्रस्तुत गरेका थिए ।






Post a Comment

 
Top