0
गोल्डेन न्यूज संवाददाता
पोखरा बहुमुखी क्याम्पसले पोखरामा जारी अन्तरकलेज कास्की जिल्लास्तरीय छात्र भलिवल प्रतियोगितामा उपाधि जितेको छ । बुधबार भएको फाइनल खेलमा पोखरा बहुमुखीले स्पाइरल ग्यालेक्सी उच्चमाविलाई पराजित गर्दै उपाधि हात पा¥यो । आयोजक पोखरा बहुमुखी क्याम्पसले स्पाइरल ग्यालेक्सीलाई १९–२५, २५–२३, २५–२३ र २८–२६ मा पराजित गर्दै नगद २० हजार रुपैयाँ पुरस्कार सहित उपाधि हात पा¥यो । उपविजेता बनेको स्पाइरलले १२ हजार रुपैयाँ पुरस्कार पायो । बुधबार भएको दोश्रो सेमिफाइनल खेलमा स्पाइरलले राष्ट्रिय उच्चमाविलाई पराजित गरेको थियो । स्पाइरलले २५–२३, २५–१६, २५–२७ र २५–२१ को सेटमा राष्ट्रिय उच्च माविलाई पराजित गरेर फाइनलमा पोखरा बहुमुखिसँग भेट गरेको थियो । पोखरा बहुमुखी क्याम्पस विद्यार्थी कल्याणकारी संघले आयोजना गरेको प्रतियोगितामा कास्कीका सामुदायिक र नीजि क्याम्पसका १३ वटा टिमले भाग लिएका थिए। प्रतियोगिता संयोजक सुवास शर्माले कलेजमा भलिवलका प्रतिभावान खेलाडी रहेको र उनीहरुको पहिचान दिलाउन यो प्रतियोगिता आयोजना गरेको बताए ।
पोखरा बहुमुखी क्याम्पसका प्रमुख सुनिल मर्सानीले आगामि दिनमा पनि यस्तै प्रतियोगिता आयोजना गर्दै जाने बताए ।

Post a Comment

 
Top