0
गोल्डेन न्यूज संवाददाता
नेकपा माओवादी केन्द्र कास्की निर्वाचन क्षेत्र नं ४ अन्तर्गतका पार्टी जिल्ला समिति सदस्यहरुको बैठक तथा प्रशिक्षण कार्यक्रम मंगलवार सम्पन्न भएको छ । बठकले निर्वाचन क्षेत्र नं ४ मा व्यापक संगठन विस्तार गर्न ३ महिने संगठन विस्तार तथा सुदृढिकरण अभियान संचालन गर्ने, नेताहरुको कार्यविभाजन तथा विकास निर्माणका कामहरुलाई विशेष जोड दिने लगायतका निर्णयहरु गरेको छ । वैठकमा क्षेत्र नं ४ का पार्टी जिल्ला सम्मेलन आयोजक समितिका रहेका सदस्यहरुको उपस्थिति रहेको थियो ।
 
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र केन्द्रीय सचिवालय सदस्य हरि अधिकारी (कुमार) ले माओवादी पार्टी कहिल्यै पनि कमजोर नभएको भन्दै पार्टीले उठाएका एजेण्डाहरुको जित हुँदै गएको बताए । युद्धकाल, शान्ति सम्झौता तथा त्यसपछिका हरेका परिर्वतनहरुमा माओवादी पार्टीको जहिले पनि निर्णायक भूमिका रहने गरेको भन्दै नेता अधिकारीले माओवादी कमजोर भयो भनेर प्रचार गर्नु झुटको खेती गर्नु भएको दावी गरे । पार्टी तेस्रो स्थानमा अहिले आउनु प्राविधिक विषयको भएको धारणा राख्दै नेता अधिकारीले अवको निर्वाचनमा माओदी पुन देशको पहिलो पार्टी वन्ने दावी अधिकारीको रहेको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणवाट विगतमा चिसिएको सम्वन्ध सुर्धिएको भनाई राख्दै छिमेकी मुलुकहरु विच सुमधुर सम्वन्ध कायम गरेर अघि वढ्न प्रधानमन्त्री सफल भएकोमा सवैले गर्व गर्नुपर्ने भनाई राखेका छन् । विगतमा पार्टीबाट केही कमजोरीहरु भएको स्विकार गर्दै नेता अधिकारीले अव माओवादी केन्द्र एकढिक्का भएर स्थानीयतहको निर्वाचन होमिने र त्यसका लागि तयार रहन पार्टी कार्यकर्तालाई उनको निर्देशन रहेको छ । पार्टीका पोलिट्व्युरो सदस्य तथा जिल्ला संयोजक राजकाजी गुरुङ्ग(करण)ले जिल्लामा १५ हजार पार्टी सदस्य पु¥याउने अभियानलाई यस क्षेत्रमा समेत तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका छन् । जनताका विकास निर्माणका कामहरुमा पार्टी सँधै सक्रियताका साथ लागिरहेको भनाई राख्दै पूर्वसभासद समेत रहेका नेता करणले जनतालाई विकास निर्माणको माध्यमवाट राहत प्रदान गर्न थप मेहनत गर्ने भनाई उनको छ । पार्टीका निर्वाचन क्षेत्रनं ४ का ईन्चार्ज रामजी बराल (जीवन)ले आजवाट सुरु भएको अभियानवाट जनतामा उत्साह बढेको भनाई राख्दै पार्टी संगठन निर्माणलाई व्यवस्थित रुपमा अघि बढाईने बताए । पार्टी केन्द्रका सल्लाहकार कोमलनाथ बरालले पार्टी तथा सरकारका राम्रा कामहरुको प्रचार हुन नसकेको भन्दै अभियानमा जाँदा सरकारका राम्रा कामहरु वारे जनतालाई जानकारी गराउन आग्रह गरेका छन् । कार्यक्रममा निर्वाचन क्षेत्रनं ४ अन्तर्गतका गाविस तथा वडा कमिटिका अध्यक्षहरुले आफ्नो ठाउँको रिपोटिङ्ग समेत गरेका थिए ।



Post a Comment

 
Top