0
गोल्डेन न्यूज संवाददाता
ट्रेकिङ्ग एजेन्सीज् एशोएिशन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराको पदस्थापना कार्यक्रम मंगलबार सम्पन्न भएको छ।
गत शनिबार सम्पन्न २३औ वार्षिक साधारण सभा तथा १४ औ अधिवेशनबाट निर्वाचित नयाँ कार्यासमितिको पदस्थापना गरिएको हो। कार्यक्रममा निर्वाचन समितिका संयोजक डम्वरबहादुर केसी तथा सदस्यद्वय केशवबहादुर थापा र भोजकुमार श्रेष्ठले नयाँ कार्यसमिति लाई पदस्थापना गराएका हुन्। अधिवेशनले अध्यक्ष र कोषाध्यक्ष पद सर्वसम्मत गरेको थियो। कोषाध्यक्षमा दिवस लामिछाने सर्वसम्मत चयन भएका थिए। समितिको अध्यक्षमा दिपकराज अधिकारी प्रथम उपाध्यक्षमा हरि भुजेल, द्वितीय उपाध्यक्षमा विश्वराज अधिकारी सचिवमा शुशिलराज पौडेल कोषाध्यक्षमा दिवस लामिछाने सहसचिवमा धर्म पन्थी रहेका छन् । समितिको सदस्यहरुमा रामचन्द्र अधिकारी, किसानकुमारी गुरुङ, मिलन तिवारी, बलबहादुर नेपाली, उदय सुवेदी र विश्वहाङ राई रहेका छन्।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष दिपकराज अधिकारीले सवैलाई समेटर अगाडि बढ्ने बताए। प्रजातान्त्रिक पद्धतीमा निर्वाचन हुनु स्वभाविक नै हो उनले भने–निर्वाचनबाट वाहिरिनुभएका साथीहरुलाई पनि समेटेर लाने छु। पदैल मार्गका वारेमा राज्यले वुझ्न नसकेको बताउँदै अग्रजहरुको सरसल्लाहबाट नै राज्यलाई झक्झकाउने काम आफ्नो समिति लागि पर्ने प्रतिवद्धता जनाए। निर्वाचन समितिका संयोजक डम्वरबहादुर केसी अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निवर्तमान अध्यक्ष रामचन्द्र शर्माले स्वागत र निर्वाचन समिति सदस्य भोजकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए।









Post a Comment

 
Top