0
गोल्डेन न्यूज संवाददाता
३७ औं विश्व पर्यटन दिवस आव विभिन्न कार्यक्रम गरी मनाइदै छ । दिवसका अबसरमा नेपाल पर्यटन वोर्ड, पर्यटन मन्त्रालय सहित पर्यटन सँग सम्बन्धित विभिन्न संघसंस्थाको साथै पर्यटन ब्यवसायीले विभिन्न कार्यक्रम गर्दैछन् । पोखरेली पर्यटन ब्यवसायीले पनि दिवसको दिन पोखरा आएका पर्यटकलाई बाजागाजा सहित स्वागत गरेका छन् । हवाई र स्थाल मार्गबाट पोखरा आउने पहिलो पर्यटकलाई स्वागत गर्ने कार्यक्रम अन्तर्गत मंगलवार विहानै पोखरा विमानस्थलमा झरेका पर्यटकलाई पंचेवाँजा सहित स्वागत गरियो । पोखरा पर्यटन परिषद्को संयोजनमा पोखरामा रहेका पर्यटनसम्बद्ध संघ संस्थाले पर्यटकको स्वागत गरेका हुन् । प्रत्येक वर्षको विश्व पर्यटन दिवसका अवसरमा पोखरा झर्ने पहिलो, दोस्रो र तेस्रो पर्यटकलाई विशेष उपहार दिने प्रचलन अनुसार आज हवाई मार्ग हुदै आएका कोरियन पर्यटकहरु को यङ हि , किम योङ एन र काङ योङ एन लाई उपहार प्रदान गरियो । विशेष बाजागाजा सहित सांस्कृतिक प्रस्तुतीका साथ गरिएको स्वागत समारोहमा पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापा, उपाध्यक्ष चिरञ्जिवी पोखरेल, महासचिव रामु गौतम, रेष्टुरेन्ट एण्ड बार एशोसिएसन(रेवान) पोखराका अध्यक्ष चौबहादुर गुरुङ, पर्यटन कार्यलय पोखराका प्रमुख डोलराज ढकाल लगायतले पर्यटकलाई माला लगाएर स्वागत गरेका थिए । विश्व पर्यटन दिवसकै अवसरमा साँझ पोखराको लेकसाइडमा एक दिने सडक महोत्सव आयोजना गरिएको रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले जानकारी दिए । प्रत्येक बर्ष सेप्टेम्बर २७ तारिकको दिन विश्व पर्यटन दिबस मनाइदै आएको छ ।






Post a Comment

 
Top