0
रलेखनाथ नगरपालिकाको वडा नं १७ कश्यारमा सेती नदीको किनारामा सेती रिभर साईड रिसोर्ट संचालनमा आएको छ । स्थानीय ७ जना युवाहरुको संयुक्त्त लगानिमा करिब २० रोपनी जग्गामा रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । करिब साढे दुई करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको रिसोर्टले स्थानीय फार्मबाट उत्पादन भएका कुखुरा, बाख्रा र माछाहरुको परिकारहरुका दृश्य अवलोकन सहित रमाउने पाइने सञ्चालकको दावी छ । रिसोर्टमा सिङ्गल तथा डवल वेड सहितका १० वटा कोठाहरु रहेका छन् भने प्रौढ तथा वच्चाहरुका लागि छुट्टा–छुटटै स्वीमिङ्ग छ । सेती रिभर साईड रिसोर्ट प्रालिका संचालक अध्यक्ष सरोजराज अधिकारीले रिसोर्टले स्थानीय फार्मबाटै उत्पादन गरिएका वस्तुहरुबाट सेवा दिने बताउँदै पारिवारिक वातावरणमा रमाउने आन्तरिक तथा बाह्य पर्यटकको लागि रिसोर्ट उपयुक्त हुने बताए । पछिल्लो समय शहरी कोलाहलमा भन्दा ग्रामिण क्षेत्रहरुमा पर्यटकको आकर्षण बढेको र नदीको किनारमा रहेको रिसोर्टबाट पर्यटकले सेती नदी र हिमश्रङ्खलाहरुको रमणीय दृश्यावलोकन गर्न पाउने बताए । उनले प्राकृतिक गुफामा बसेर स्थानीय रुपमा उत्पादन भएका वस्तुहरुबाट तयार पारिएका परिकारहरुको स्वाद लिन सक्ने अधिकारीको भनाई छ ।
 
अधिकारी सहित पदमराज पौडेल, विरेन्द्र बानियाँ, नारायण प्रसाद भण्डारी, भुपाल बहादुर थापा, भिमबहादुर बानियाँ र अस्मित सुवेदी सञ्चालक रहेका छन् । पोखरादेखि करिब १३ किलोमिटर पूर्व दक्षिणमा छ । उनका अनुसार रिसोर्टमा हाल ५ वटा कटेजसहित १० वटा रुम छन। एकै रातमा ३० जना सम्म पर्यटकहरु राख्न सकिने बताए । उक्त रिसोर्टमा एक रात बसेको एक हजार ५ सय रुपैयाँ रहेको छ । उक्त रकममा बेलुकाको खाजा, खाना, भोलि पल्ट बिहानको खाजा खाना समेत उपलब्ध हुने उनले बताए । स्थानीय उत्पादनको प्रयोग गर्ने गरी आफ्नो गाँउ ठाँउमा प्राप्त हुने अर्गानीक खानाको व्यबस्था गरेको प्रालिका अर्को संचालक पदमराज पौडेलले बताए । सेतीनदी किनारामा पराम्परागत रुपमा प्राकृतिकबाट निर्मित करिब २ सय जना वस्न मिल्ने ओढार रहेको छ । बागमारा केभको रुपमा रहेको गुफामा पर्यटकहरुले ओडार मुनि विभिन्न खानाका परिकारहरु खाने व्याबस्था मिलाईएको छ । उनीहरुले साततालको नगरी लेखनाथको पहिचानलाई जोगाई राख्नु पर्दछ भन्ने मान्यताले ७ वटा कटेजको नाम ७ वटा तालहरु नामाङकरण गरेका छन। त्यसैगरी भवनमा गण्डकी, मेची, कोशी, कर्णाली र महाकाली गरी ५ नदीको नाम उल्लेख गरिएको छ । लेखनाथको आदर्शचोक देखि करीब १० मिनेट पैदलबाट समेत पुग्न सकिने भएको र हालै नर्वदेश्वर पुलमा पक्की पुल निमार्ण भएकोले पनि रिसोर्टमा पुग्न सहज हुने भएको संचालकहरुले विश्वास लिएका छन् ।







Post a Comment

 
Top