0
गोल्डेन न्यूज संवाददाता
वडा नागरिक मञ्च पोखरा–१२ पोखरा उत्कृष्ट २ मा पर्न सफल भएको छ । वडा नागरिक मञ्च पोखरा–१२ ले विजयादशमी, दीपावली र छट पर्वको आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा मञ्चका अध्यक्ष वीरबहादुर थापाले पोखराको २९ वटा वडा नागरिक मञ्चमध्ये पोखरा–१२ कार्यप्रगतिको आधारमा उत्कृष्ट २ मा पर्न सफल भएको जानकारी दिए। मञ्चले १ वर्षमा अमरसिंह नमूना उच्च माविको विद्यालय व्यवस्थापन समिति गठनमा विवाद हुँदा मञ्चकै समन्वयमा समिति गठन सफल भएको थियो । मञ्चले विजी हस्पिटलको सेवा, सुविधाका साथै बिरामीले पाएको सेवा सुविधाका बारेमा जानकारी लिएर उपयुक्त सुझाव दिएको मञ्चकी सचिव निर्मला सापकोटा शर्माले बताइन । उनका अनुसार पोखरा–१२ को सरस्वती निमाविको समेत अनुगमन गरि विद्यालयको भौतिक र शैक्षिक अवस्थाका बारेमा जानकारी लिइएको थियो । अनुगमनका क्रममा विद्यालयमा उपयुक्त भौतिक सामाग्रीको अभाव हुँदा बालबालिका लाई पढ्न कठिनाइ भएको पाइएको थियो । मञ्चको एक वर्षे कार्यप्रगति प्रस्तुत गर्दै सचिव शर्माले पोखरा–१२ मा संचालित सबै सहकारीको अनुगमन गर्र्दै मञ्चले सेवाग्राहीले पाएको सेवा र सुविधाका बारेमा बुझेर सुझाव दिएको, पोखरा–१२ का बालबालिकाका लागि आउने बजेट निकाशामा पहल गरेको र वडास्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको जानकारी दिइन ।
 
मञ्चका अध्यक्ष वीरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडा सचिव श्रीकान्त तिमिल्सिनाले मञ्चको गतिविधिलाई अझ सक्रिय बनाउँदै पोखराकै नं. १ मञ्च बनाउनुपर्नेमा जोड दिंदै त्यसका लागि आफूले सक्दो सहयोग गर्ने बताए । उनले भने–‘कि काम नै नगरौं, गर्ने नै हो भने सक्रिय भएर राम्रोंग गरौं ।’ उनले अन्य वडाको तुलनामा पोखरा–१२ पछि परेको भन्दै यसका लागि सम्बन्धित निकायमा खबरदारी गर्न आग्रह गरे । कार्यक्रममा सामाजिक परिचालिका निर्मला अर्याल बराल, सामुदायिक सेवा केन्द्रका बलबहादुर कार्की, महिला वडा समन्वय समितिकी सचिव ईन्दिरा पन्त, माओवादी केन्द्रका गोविन्द बहादुर घिमिरे, नेकपा एमालेका गुप्तबहादुर कार्मी, नेपाली कांग्रेसका राधेश्याम कोइराला, समाजसेवी मीनबहादुर गुरुङ, मञ्चकी सचिव निर्मला सापकोटा शर्मा लगायतले मञ्चको गतिविधि बारे प्रकाश पारेका थिए । यसैबीच मञ्चको कार्यसमिति समेत पुनगर्ठन गरिएको छ । मञ्चको संयोजकमा कल्पना ढकाल र सह–संयोजकमा वीरबहादुर थापा रहेका छन् ।





Post a Comment

 
Top