0
गोल्डेन न्यूज संवाददाता
भगवान विश्वकर्मा मन्दिर सञ्चालक समिति रामबजारले शनिबार विश्वकर्मा पूजा र सम्मान कार्यक्रम गरेको छ । विश्वकर्मा मन्दिरमा पूजाअर्चना गरिएको थियो । उक्त अवसरमा सञ्चालक समितिले मन्दिरको अक्षयकोषलाई रकम प्रदान गर्ने १८ जना चन्दादातालाई सम्मान गरेको छ ।२०६१ सालपछि चन्दा दिएका रविलाल सुनार, दशरथ सुनार, किशोरकुमार विक, अमर विश्वकर्मा, किसान घिमिरे, दुर्गाबहादुर सुनार, निर्मल दियाली सुनार, पूर्णबहादुर सुनार, कृष्णबहादुर सुनार, अगनलाल सुनार, नन्दलाल सुनार, दुर्गा सुनार, रुपलाल सुनार, इन्द्रबहादुर विश्वकर्मा, सुनचाँदी व्यवसायी संघ कास्की, तापोस सामन्त, आशिष सामन्त (कोलकाता) र राजु सेन्चुरीलाई सम्मान गरिएको हो । कार्यक्रममा विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय दलित उत्थान समन्वय समिति केन्द्रीय अध्यक्ष खरिलाल विश्वकर्मा र मन्दिर सञ्चालक समिति अध्यक्ष हरिलाल सुनारले चन्दादातालाई सम्मानपत्र प्रदान गरे । कार्यक्रममा मन्दिर सञ्चालक समितिका उपाध्यक्ष डिलबहादुर विश्वकर्मा, सचिव नविन विश्वकर्मा, कोषाध्यक्ष भविन्द्र विश्वकर्मा, सल्लाहकार डिल्लीराम विक, सुनचाँदी व्यवसायी संघ कास्की अध्यक्ष चन्द्रकिशोर गौतम लगायतको सहभागिता थियो ।  विश्वकर्मा पूजामा करिब १ हजारजना सहभागी भएको महेन्द्र विश्वकर्माले जानकारी दिए । २०५० सालमा निर्मित भगवान विश्वकर्मा मन्दिर सञ्चालनका लागि २०६१ सालमा अक्षयकोष स्थापना गरिएको थियो । यसैबीच ट्याक्सी व्यवसाय समिति चिप्लेढुङ्गा इकाइले पनि सामूहिक रुपमा विश्वकर्मा पूजा गरेको छन् । समितिले पुरोहित नै बोलाएर पूजा गरेको समितिका सदस्य रामचन्द्र पाण्डेले जानकारी दिए ।

Post a Comment

 
Top