0
गोल्डेन न्यूज संवाददाता
पोखरा–२० भलामस्थित श्रृङ्खला क्लवले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको सेभेन ए साइड प्रतियोगिता अन्तर्गत आउँदो कार्तिक ८ गते खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख, शिल्ड तथा प्रमाणपत्र एवं द्वितीय हुने टिमलाई ५५ हजार, मेडल र प्रमाणपत्र रहेको शनिवार आयोजित भेलामा जानकारी गराइएको थियो । पोखरा–२० स्थित भलामको फुटबल मैदानमा आयोजना गरिने उक्त प्रतियोगिता कार्तिक ८ देखि १३ गतेसम्म संचालन हुने बताइन्छ प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । जसअन्तर्गत मूल समिति संयोजक निर्मल खत्री, अर्थ संकलन उपसमिति संयोजकमा रमेश जंग खत्री, खेलकुद व्यवस्थापन उपसमिति संयोजकमा लालबहादुर खत्री, प्रचार–प्रसार उपसमिति संयोजकमा सूर्य बाँस्तोला, मञ्च व्यवस्थापन उपसमिति संयोजकमा योगेश गुरुङ्ग, सुरक्षा व्यवस्थापन उपसमिति संयोजक धिरज गौतम, सचिवालय उपसमिति संयोजकमा अनिल केसी, स्वयंसेवक परिचालन उपसमिति संयोजकमा आशिष गौतम, अतिथि सत्कार उपसमिति संयोजकमा सुष्मा बस्नेत कार्की रहेका छन् । भेलामा भलाम स्थित विभिन्न क्लव, आमा समूह, संघ–संस्था तथा स्थानीय समाज सेवीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । क्लवका अध्यक्ष रवि किनारा लामिछानेको अध्यक्षतामा सम्पन्न भेलाको संचालन सचिव अनिल के.सी.ले गरेका थिए ।



Post a Comment

 
Top