0
गोल्डेन न्यूज संवाददाता
विगत सात वर्षदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आईरहेको संस्था शिक्षा उपक्रम नेपालको छैटौं वार्षिक साधारण सभा पोखरामा शनिबार सम्मपन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि, बालगृह संजाल कास्कीका अध्यक्ष डा राजेन्द्र कुमार गौतमले बालाबालिकाको क्षेत्र सबै भन्दा सम्बेदनशील रहेको र यस क्षेत्रमा काम गर्नु अवसर र चुनौती दुवै भएको बताए । थ्री एन्जल्स नेपालका कार्यकारी निर्देशक समेत रहेका गौतमले बालबालिकालाई केन्द्रबिन्दु बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै थ्री एनजल्स रेडियोका स्टेशन म्यानेजर गणेश कुमार श्रेष्ठले बालबालिकामा भएको प्रतिभाको प्रस्फुटन गर्नको लागि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने बताए ।  कार्यक्रमका अतिथिहरु बालगृह संञ्जाल कास्कीका उपाध्यक्ष मोहन प्रसाद त्रिपाठी, सचिव दिपक गुरुङ्ग, सहारा प्रतिष्ठापन नेपालका संस्थापक अध्यक्ष डि.बी विश्वकर्मा तथा डेमो चिल्ड्रेन होमका निर्देशक नर्वु योल्मोले बालबालिकाको श्रेत्रमा रहेका चुनौति तथा आवसिय बालगृहका संचालकहरुले अपनाउनु पर्ने सजकताका बारेमा आ–आफ्ना भनाईहरु राखेका थिए । कार्यक्रममा शिक्षा उपक्रमका सचिव केशवराज घिमिरेले स्वगत तथा सचिवको प्रतिवेदन र तुलसी चुँवाईले आफ्नो आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Post a Comment

 
Top