0
गोल्डेन न्यूज संवाददाता
सविधान दिवसको उपलक्ष्यमा लायन्स क्लब अफ पोखरा समर्पण तथा लायन्स क्लब अफ पोखरा समृद्धिको संयुक्त आयोजनामा सोमबारे रक्तदान कार्यक्रम सम्पन्न भयो । क्लबका सदस्य तथा अन्य रक्तदाताहरु गरि ६० जनाले कार्यक्रममा रक्तदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल ३२५ बी १ नेपालका निवर्तमान गभर्नर ध्रुब थापाले रक्तदाता समर्पण लायन्सका अध्यक्ष शक्ति प्रधानांङ्ग तथा समृद्धि लायन्सका अध्यक्ष कल्पना श्रेष्ठलाई व्लडव्याग हस्तान्तरण गरि कार्यक्रमको उदघाटन गरेका थिए । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि थापाले रक्तदान जस्तो महत्वपूर्ण दान अन्य कुनै नभएको भन्दै लायन्सलेको एक महत्वपूर्ण कार्यक्रम रक्तदान भएको बताए । उनले रगतको अभावमा अस्पतालको बेडमा छटपटाइरहेका बिरामीका लागि रक्तदान अपरिहार्य सामाजिक कार्य भएको बताए । लायन्स ब्लड डोनेशन चेयरपर्सन किशोर बरालले पोखरामा रक्त अभाव हुंँदा लायन्स क्लबले रक्तदान कार्यक्रम आयोजना गरेकोमा प्रशंसा गरे । लायन्स क्लब अफ पोखरा समर्पणका अध्यक्ष शक्ति प्रधानांङ्ग को अध्यक्षतामा भएको कार्यक्रममा समृद्धि लायन्सका अध्यक्ष कल्पना श्रेष्ठले रक्तदाता तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन । कार्यक्रमका कार्यक्रम संयोजकद्वय अर्चना मुल्मी र अर्चना कर्माचार्यले कार्यक्रम संयोजन गर्नुका साथै फलफूल जुस आदि सहयोग गरेका थिए । कार्यक्रममा पोखरा उप महानगरपालिका का अधिकृत ओमराज पौडेल, को–चिफ एडभाइजर अर्जना प्रधान, आईटी चिफ राम बसेल, लायन्स ब्लड डोनेशन चेयरपर्सन किशोर बराल, रिजन चेयरपर्सन बेलकुमारी पराजुली, जोन चेयरपर्सन दिनेश बाँस्तोला, क्यानका पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, लायन्स क्लब अफ आगनका अध्यक्ष मदन मुल्मी लगायतले रक्तदाताहरुलाई प्रशंसापत्र प्रदान गरेका थिए । कार्यक्रममा संयोजक अर्चना कर्माचार्यले स्वागत तथा समर्पण लायन्सका सचिव निर्मला श्रेष्ठले संचालन गरेकी थिइन । यसैगरी पहिलो संविधान दिवसको अवसरमा लायन्स क्लव अफ पोखरा पिस सोसाईटीले आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ युनिट रगत संकलन भएको छ  । रक्तदान जीवनदान भन्ने नारा सहित सोमबार पोखराको पृथ्वीचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७९ जना पुरुष र छ जना महिला गरि ८५ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।  प्रमुख अतिथि लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि १ नेपालका निवर्तमान डिष्ट्रिक्क गभर्नर धु्रव बहादुर थापाले प्रथम रक्तदाता सुधा थापा केसीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त अवसरमा रक्तदान समिति प्रमुख किशोर बराल, रिजन चेयर पर्सन तेजनारायण पराजुली, जोन चेयर पर्सन विधाता श्रेष्ठ, संयोजक नरेन्द्र कुमार कार्की, सचिव कुशराज तिमिल्सिना लगायतले बोलेका थिए ।

Post a Comment

 
Top