0
गोल्डेन न्यूज संवाददाता
महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले बेपत्ता आयोग र छानबिन आयोगले गरेका सिफारिस आधारमा यातनासम्बन्धी विशेष अदालत बनाई मुद्दा चलाउने र राज्यले परिपुरणको व्यवस्था गर्र्ने बताएका छन् । नेपाल वार एशोसिएशन पुनरावेदन अदालत बार इकाइ पोखराले उनको स्वागत तथा सम्मानमा शुक्रबार वार कार्यालयमा आयोजना गरेको कार्यक्रममा महान्यायाधीवक्ता श्रेष्ठले उक्त कुरा बताएका हुन् । उनले अन्तर्राष्ट्रिय यातना सन्धीमा भएका विषयहरु कानुन संशोधन गरी ऐनबमोजिम विशेष अदालत अनुसार कार्बाही गनुपर्नेमा जोड दिए ।
 
आममाफी भन्ने कुरा नहुने र अन्तर्राष्ट्रिय अदालतको कानुन विपरीत गर्न नहुने भन्दै डेमोस्टिक कानुनलाई पनि संशोधन गर्दै जानुपर्ने उनको जोड छ । बागुलङ निवासी श्रेष्ठ अघिल्लो महिनामात्र महान्यायाधीवक्ता बनेका हुन् । उनी नेपाल बार एशोसिएसनको पूर्वमहासचिव समेत हुन् । कार्यक्रममा पुनरावेदन वार एशोसिएसन पोखराका अध्यक्ष दयाराम गौतमले महान्यायाधिवक्ता श्रेष्ठको सफल कार्यकालको शुभकामना दिँदै कानुन व्यवसायी समेत समयअनुसार चल्नुपर्ने बताए । कार्यक्रममा सह–महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेल लगायत बारका पूर्वअध्यक्षलगायत उपस्थित थिए । वार अध्यक्ष दयाराम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष दीपक बाँस्तोलाले र संचालन सचिव शिवराज वाग्लेले गरेका थिए । महान्यायाधिवक्ता बनेयता पहिलो पटक पोखरा आएका श्रेष्ठलाई यहाँस्थित जिल्ला बार, सरकारी वकिलको कार्यालय, बाग्लुङ समाज पोखरा लगायतले स्वागत गरेका थिए ।



Post a Comment

 
Top