0
गोल्डेन न्यूज संवाददाता
यसवर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार पोखराका पत्रकार एमबी आस्था मगरलाई प्रदान गरिने भएको छ  । सहारा क्लब पोखराले १० बर्ष अगाडि स्थापना गरेको यो पुरस्कार प्रदान गर्ने उद्देश्यले गठित प्रतिभा छनौट समितिको सिफारिशलाई सहारा क्लब पोखराको कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको थियो  । एविसी टेलिभिजनका पोखरा संवाददता एमबी आस्थालाई यस बर्षको पुरस्कार प्रदान गर्ने अन्तिम निर्णय सहारा क्लब पोखराले गरेको क्लवका अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिए । अंग्रज पत्रकार नारायण कार्की संयोजक पुरस्कारको निम्ति कास्की जिल्लालाई कार्यक्षेत्र बनाई कम्तिमा पनि ५ बर्ष निरन्तर पत्रकारिता पेशामा आबद्ध भएको हुनुपर्ने,प्रतिभा छनौट समितिका सदस्य पुरस्कारको निम्ति योग्य नहुने, खेलकुद पत्रकारिता 

(विट जर्नालिजम) लाई उच्च प्राथमिकता प्रदान गरिने, छापा तथा विद्युतीय पत्रकारितामा संग्लन हुनुपर्ने मापदण्ड निर्धारण गरेको छ  ।
२०६३ सालमा स्थापित सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट हालसम्म क्रमशः कुलचन्द्र न्यौपाने, २०६४ धन बस्नेत,२०६५ विनोद लामिछाने, २०६६ प्रेम नारायण न्यौपाने, २०६७ राम गुरुङ्ग, २०६८ दीननाथ बराल, २०६९ प्रदिप पौडेल, २०७० एकराज गिरी, २०७१ सागरराज तिमिल्सिना, २०७२ मा कृष्णमणि बराललाई यस पुरस्कारद्वारा सम्मानित भइसकेका छन्  । प्रतिभा छनौट समितिमा नारायण कार्की,पत्रकार महासंघ, कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, कास्की जिल्ला खेलकुद विकास समितका अध्यक्ष यम बहादुर गुरुङ्ग, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, क्लबका सल्लाहकार सभापति विक्रम थकाली, अध्यक्ष वीरभद्र आचार्य र महासचिव केशवराज बराल समेतको ७ सदस्यीय प्रतिभा छनौट समिति निर्माण गरिएको थियो  । यसैगरी सहाराले प्रत्येक बर्ष प्रदान गरिने सहारा उत्कृष्ट पुस्स्कार बाट यस बर्ष संस्थाका साधारण सदस्य सुनिता गुरुङ्गलाई प्रदान गर्ने सर्वसम्मत निर्णय गरेको छ  । पुरस्कार सहारा क्लबको आगामी १८ औं बार्षिकोत्सव तथा साधारणसभाको कार्यक्रममा प्रदान गरिने बताइन्छ  ।




Post a Comment

 
Top