0
सन् १८५९ को सल्फेरिनोको यूद्धका समयमा यसका प्रत्यक्षदर्शी जाँ हेनरी ड्यूनाले घाइते सैनिकको उद्धार तथा प्राथमिक उपचार सेवा प्रदान गरी सुरु भएको रेडक्रस अभियानमा प्राथमिक उपचारको महत्वपूर्ण भुमिका रहेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समिति ९क्ष्ऋच्ऋ०, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासघंको ९क्ष्ँच्ऋ० को मुख्य क्षेत्रमा पर्ने प्राथमिक उपचार गतिविधि रेडक्रसका राष्ट्रिय सोसाइटीहरुको पनि आफ्नो मानविय सेवाका गतिविधिहरुमा प्राथमिक उपचार एउटा महत्वपूर्ण कार्यक्रमको रुपमा अंगिकार गर्दै आएको हो । सुरुका समयमा नेपाल रेडक्रसमा प्राथमिक उपचार शिक्षक नायक र जुनियर रेडक्रसलाई केन्द्रित गरि अगाडि बढाइएकोे थियो भने अहिले पछिल्लो समयसम्म आउँदा जुनियर यूवा रेडक्रस सदस्य, शिक्षक नायक, उप–शाखाका सदस्य वा रेडक्रसमा स्वयम् सेवकको अलवा अन्य संघ–संस्था र सरकारी तथा गैह्रसरकारी निकायसम्म विस्तार हुँदै आएको छ ।
चीनको वेइजिङ्गमा भएको एशिया प्रशान्त क्षेत्रका राष्ट्रिय सोसाइटीहरुको सन् १९९६ मा भएको भेलाको निर्णय अनुृसार नेपाल रेडक्रसले सन् १९९७ देखि समुदायमा आधारित प्राथमिक उपचार ९ऋद्यम्ए० कार्यक्रम सुरु ग¥यो । यस पछि नेपाल रेडक्रसको पनि प्राथमिक उपचार गतिविधिहरु व्यवस्थीत भयो ।  त्यसपछि सन् २००० देखि आकस्मिक प्राथमिक उपचार ९भ्ँब्० कार्यक्रम, सन् २००३ देखि प्राथमिक उपचार तालिम स्तरीकरण ९ँब्त्क्० कार्यक्रमहरू संचालनमा आए । नेपाल रेडक्रको प्राथमिक उपचार निश्चित पाठ्यक्रमका आधारमा एउटै मोडलमा अगाडि पढेको छ ।  नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट नेपाल रेडक्रसको आधारभूत प्राथमिक उपचार तालिमलाई मान्यता दिएको छ । यसमा अरु थप हाधिकारिकताको लागि सरकारबाट नीति–नियममानै समावेस गराउनु अहिलेको आवश्यकता हो ।  नेपाल रेडक्रसले प्रवद्धनात्मक प्रााथमिक उपचार तालिम ९एचयँब्० कार्यक्रम संचालन गरी आयआर्जन समेत गरेको अवस्थामा नेपाल रेडक्रसले सरकारी तथा गैह्रसरकारी निकायमा थप लविङ्ग गर्नु पर्ने आवश्यकता रहेको छ । विशेष गरी प्राथमिक उपचार सेवा सबैको सरोकारको विषय हो । विकसित देशमा साथै अस्पतालकै गेटमापनि घाइते वा विरामीलाई प्राथमिक उपचार सेवा आवश्यक पर्न सक्दछ भने नेपाल जस्तो विकासोन्मुख र यातायात तथा स्वास्थ्य सुविधाको पहुँच नभएको अवस्था प्राथमिक उपचारको अरू महत्व रहन्छ ।  विभिन्न द्वन्द्व, जनआन्दोलनका समयमा तथा विपद्का समयमा नेपाल रेडक्रसका प्राथमिक उपचार स्वयंसेवकले पु¥याएको सेवा चौतर्फी चार्चाको विषय बन्यो । हामीले थुप्रै पाठ्यक्रम, तालिम सामग्रीहरु तयार गरी यसका गतिविधिलाई समाजको आवश्यकता अनुरुप बनाउँदै अगाडि बढ्ने नै छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासंघ (क्ष्ँच्ऋ) को आव्हानमा सन् २००० देखि मनाउन थालिएको विश्व प्राथमिक उपचार दिवस नेपालमा सन् २००२ देखि नियमितरुपमा मनाइदै आइरहेको छ । यस बर्षको विश्व प्राथमिक उपचार दिवस ‘बाल बालिका लागि र बालबालिकाद्वारा प्राथमिक उपचार’ ९ँष्चकत बष्म ायच बलम दथ अजष्मिचभल० भन्ने नाराका साथ मनाइँदै छ ।  विशेष गरी वालालालीकाको लागि आवश्यक प्रागथमिक उपचार उनीहरु मार्फ उनीहरुका साथी र अभिभावकसम्म प्राथमिक उपचार सेवा तथा यसको ज्ञान शिप पु¥याउनु अहिलेको आवश्यकता हो । यो एउटा महत्वपूर्ण कार्य पनि हो । त्यसैले यस वर्षको नारा बालबालिकाको विषय जोडीएको हो ।
विश्वमा वर्षेनी बालाबालीकहरु एक लाख बालबालिकाहरू चोटपटकको काण मृत्यु हुने र १० लाख भन्दा बढी बालबालीकाहरु घाइते हुने गरेका छन् । यति ठूलो संख्यामा चोटपटक र दुर्घटनाबाट बालबालीका प्रभावित हुने गरेकाले बालबालिकासम्म प्राथमिक उपचार गतिविधि पु¥याइनु पर्दछ । एकातिर उनीहरुका साथीभाइका समस्यामा वालवालीका नै सरिक गराउन सकिन्छ भने अर्को तिर वाललालिकालाई प्राथमिक उपचारको ज्ञान–शिप दिदा उनीहरूका अभिभावक पनि प्राथकिम उपचार प्रशिक्षणका लागि अभिप्रेरीत हुन सक्दछन् । त्यसैको कारण ‘बालबालीका लागि र बालबालीका द्वारा प्राथमिक उपचार’ ९ँष्चकत बष्म ायच बलम दथ अजष्मिचभल० भन्ने यो नारा तय गरिएको छ ।
(लेखक नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सदस्य एवं प्राथमिक उपचार समितिका संयोजक र केन्द्रीय सभाषद् हुनुहुन्छ ।)






Post a Comment

 
Top