0
गोल्डेन न्यूज संवाददाता
नयाँ शक्ति नेपालका केन्द्रीय अभियन्ता तथा संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले जनताको आवाज संविधानमा सम्बोधन हुन जरुरी रहेको र राजनीतिक स्थिरताका लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली उत्तम विकल्प रहेको बताएका छन् । लेखनाथ नगरपालिका भण्डारढिकमा बिहीवार आयोजित ‘नयाँ संविधानको एक वर्ष ः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक राष्ट्रिय संवाद कार्यक्रममा उनले  जनताको त्याग, कुर्वानि, लगानी तथा मेहनतबाट प्राप्त संविधान कार्यान्वयन गर्न भन्दा केहि दलहरु आगामी निर्वाचनमा कस्को नेतृत्वमा चुनाव गर्ने भन्ने होडवाजीमा लागेका कारण संविधान कार्यान्वयन हुन नसकेको बताए । उनले अब जनतालाइ दुःख दिने होइन तत्काल संविधान संशोधन गरी पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासकीय स्वरुप परिर्वतन गरी अगाडि बढ्नुपर्नेमा जड दिए। महिला, दलित, जनजाती, मधेसी, पिछडिएका वर्ग लगायत सम्पूर्णका नेपालीका लागि वैकल्पिक राजनिति निमार्ण गर्दै समृद्ध नेपाल निर्माणमा अगाडि बढ्ने उनले प्रतिवद्धता जनाए ।
 
नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नं. ४ संयोजक बलावती शर्माले नयाँ शक्ति पार्टी, नेपाल ले तयार गरेको ‘नयाँ संविधानको एक वर्ष ः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयको कार्यपत्र प्रस्तुत गरेका थिए । राष्ट्रिय संवाद कार्यक्रममा कार्यपत्र माथि टिप्पणी गदै नेकपा (एमाले) प्रदेश नं. ४ सह–संयोजक गणेश तिमिल्सिनाले संविधान संशोधन एउटा प्रक्रियामा गर्नुपर्ने बताए । कार्यक्रममा प्राध्यापक बुद्धिजीवि देवराज चालिसेले संविधानले कानूनी बैधता प्राप्त गरेता पनि राजनैतिक बैधता प्राप्त गर्न नसकेको जनताले सविधान संसोधन चाहेको, टोपि लगाउदैमा राष्ट्रवादी देख्ने र धोति कछाड लगाउनेलाई राष्ट्रघाति देख्ने प्रवृत्ति खतरनाक रहेको बताए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य शिवजी लामिछाने, राष्ट्रिय जनमोर्चा गण्डकी धौलागिरी क्षेत्रीय इन्चार्ज शंकर बराल, बरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगर, अधिवक्ता राजुराज अधिकारी, नेकपा माओवादी कास्की जिल्ला सेक्रेटरी पुर्णजित उभार, आधुनीक नेपालको राजनितिक अध्यन समुह तथा प्रधायापक दामोदर त्रिपाठी, नेकपा (एमाले) का जिल्ला प्रतिनिधि पूर्णभद्र पोख्रेल, लेखनाथ नगर टोल विकास समन्वय समिति संयोजक छवी लामिछाने लगायतले बोलेका थिए । कार्यक्रमका अध्यक्ष तथा नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नं. ४ संयोजक बलावती शर्माले राजनूतिक स्थायित्व प्राप्त नगर्दा सम्म आर्थिक विकास र समृद्धि प्राप्त नहुने बताए। उक्त अवसरमा   प्रदेश नं. ४ सह–संयोजक रुद्र बहादुर गुरुङ्ग, नयाँ शक्ति पार्टीका युवा नेता तथा कास्की जिल्ला संयोजक हेम बहादुर थापाले पनि बोलेका थिए ।

Post a Comment

 
Top