0
प्रधानमन्त्री प्रचण्ड आज भदौ ३० गते छिमेकी देश भारतको भ्रमणमा जाँदैछन् । भ्रमणका एजेण्डा के–के हुने भन्ने अहिलेसम्म खेलेका छैनन् । प्रचण्डको भ्रमणलाई लिएर राजनीतिक वृत्तमा टिकाटिप्पणी समेत हुन थालेको छ । प्रचण्डको आसन्न भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रकाशशरण महत केही दिन अघि नै भारत पुगिसकेका छन्। भ्रमणका विषयमा कतिपय महत्वपूर्ण एजेण्डाका विष्यमा दुवै पक्षले कसरी लिने भन्ने विषयमा उनले भारतका उच्च अधिकारीसँग छलफल गर्नेछन् । यसअघि प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भारत भ्रमणमा गएका थिए । सोही क्रममा प्रधानमन्त्री दाहलको भ्रमण मिति तय गरिएको थियो । नेपालमा सरकार परिवर्तन हुँदा भारतको भ्रमण गरी विभिन्न विषयमा सम्झौता गर्ने प्रचलन विगतदेखि नै चल्दै आएको छ । र, यसपटक दुई देशबीच व्यापार लगायतका विभिन्न आयोजनाको विषयमा सम्झौता हुनेछ । यसअघिका प्रधानमन्त्री केपी ओलीले पारवाहन लगायतका विषयमा भारत संग सम्झौता गरेका थिए । केपी ओलीले भारतसंग जुन राष्ट्रहितका सम्झौता गरेका थिए त्यसलाई निरन्तरता दिँदै यसपटक पनि राष्ट्रहितलाई प्राथमिकता दिनुपर्छ । प्रचण्डले भ्रमणका क्रममा राष्ट्रिय स्वाधिनताको विपल्पमा कुनै सन्धी सम्झौता गर्नु हुँदैन । नेपालीहरुले भोगेको पहिलो समस्या नेपालको आन्तरिक मामिलामा भारतबाट बारम्बार हुने गरेको हस्तक्षेपलाई निरुत्साहित गर्नको लागि प्रचण्डको भ्रमण केन्द्रित हुन जरुरी छ । प्रचण्डले भ्रमणका क्रममा राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखेर नेपाल भारत सम्वन्धलाई सुमधुर बनाउनु पर्छ । ओली सरकारले गरेको बिशाखापटनम बन्दरगाह प्रयोग गर्नेसहितका व्यापारिक सम्झौतालाई कार्यान्वयनमा लैजान प्रचण्डको भ्रमणको एजेण्डा बन्नुपर्छ । अघिल्लो वर्षको फागुन दोस्रो साता भएको भारत भ्रमणमा तत्कालिन प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माण, तराईमा सडक विस्तार, त्रिदेशीय रेलमार्ग, विद्युतीय प्रशारणलगायतका सम्झौता गरेका थिए । भारतीय लगानीमा बन्ने माथिल्लो कर्णाली, अरुण, पञ्चेश्वरलगायतका आयोजना वर्षाेदेखि निर्माण रोकिएका छन् । ति आयोजनाको निर्माण तत्काल गर्नको लागि प्रचण्डले भारतसमक्ष कुरा उठाउनु पर्छ । भारतले पछिल्लो समय नेपाली अदुवा निर्यातमा रोक लगाएर नेपाली कृषकलाई दुःख दिने काम गरेको छ । नेपालको अदुवा विश्वमै उत्कृष्ट मानिए पनि भारतले चिनियाँ रसायन मिसिएको भन्दै अदुवामा निर्यातमा रोक लगाएको थियो । नेपालमा यसअधि पनि नेपालमा उत्पादित वस्तु निर्यातमा बखेडा सिर्जना गर्दै आएको छ । किसानका यस्ता विषय पनि प्रचण्डका भ्रमणका एजेण्डा बन्न जरुरी छ । नेपाल सरकार द्रत मार्ग आफै बनाउन सक्षम रहेपनि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतलाई नै निर्माण गर्न दिनुपर्ने तर्क गर्दै आएका छन् । कतै दु्रत मार्ग भारतलाई नै दिने सम्झौता हुने त होइन भन्ने आशंका पैदा भएको छ । त्यसैले देश आफैले बनाउन सक्ने परियोजनाका विषयमा प्रचण्डले सम्झौता गर्न हुँदैन ।




Post a Comment

 
Top