0
गोल्डेन न्यूज संवाददाता
पोखरामा असोज १४ देखि १८ गतेसम्म पेप्सी मःम मेला तथा अल्टा म्यूजिक फेष्टिबल हुने भएको छ। आर इभेण्ट्स ट्रेनर नेपालले पोखराको प्रदर्शनी केन्द्रमा मेला गर्न लागेको हो।  मःम र संगितका पारखीहरुलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको बताइएको छ। यसपटक मःम मेलामा गुणस्तरलाई विशेष ध्यान दिईने आयोजकको दावी छ। थोरै पैसा तिर्दा पनि धेरै मःमको स्वाद दिने छौ आयोजक ट्रेनर नेपालका कार्यक्रम संयोजक रवीन गुरुङले भने – ‘सुपथ मुल्यमा १० प्रकारका मःमको स्वाद दिन खोजेका छौ।’ मेलामा च्याङग्रा, अष्ट्रिच, ओपन, ग्रीन, गुतपाक, टिबेटियन, ससेज, बनाना, कोथे, पोटाटो लगायतका मःमको स्वाद लिन पाईने छ। अल्टा म्यूजिक फेष्टिबल भने हरेक दिन साँझ पाँच बजेपछि हुने सांस्कृतिक कार्यक्रम संयोजक पुजन कोइरालाले बताईन्। म्यूजिक फेष्टिबलमा डिजे स्मिलब्याए, एस लामा, नहसोर, नेवा प्रिन्स र केभिनको प्रस्तुत रहने बताईएको छ। मेलामा प्रवेशका लागि ७० रुपैयाँको टिकट व्यवस्था गरिएको छ। एउटा टिकट खरिदमा पेप्सी निःशुल्क पाईने छ। मेलाका लागि मःम स्टल सहित दशैका लागि आवश्यक खाद्य र लत्ताकपडाका स्ट्रल बुकिङ भैरहेको प्रचार संयोजक ज्योती क्षत्रीले जानकारी दिईन्। मेला सम्पन्न गर्नका लागि एक सय एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। मेला एक लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको र मेला सम्पन्न गर्न ५५ लाख खर्च लाग्ने अमृत गुरुङले जानकारी दिए। ट्रेनर नेपालले पतञ्जली योग शिविर, नेपथ्य ब्याण्डको लाइभ कन्सर्ट, योगी विकासानन्दको शिविर र मेगा मोडल लगायतका दर्जनभन्दा बढि कार्यक्रमहरु गरिसकेको छ।







Post a Comment

 
Top