0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघको निर्वाचन नजिकिंदै गर्दा अध्यक्ष पदका उम्मेदवार देव क्षेत्रीले बुधबार पनि आफ्नो चुनावी प्रचार–प्रसार अभियान जारी राखेका छन्।  क्षेत्रीको समूहमा रहेका १७ जना पदाधिकारी र सदस्यहरुले बुधवार पोखराको बाटुलेचौर, वगर, भैरवटोल, महेन्द्रपुल, चिप्लेढुङ्गा लगायतका क्षेत्रका व्यवसायीहरुबीच पुगेर मत मागेको प्रचार–प्रसार समितिले जनाएको छ ।  व्यवसायीको घरमा पगेर उनीहरुको समस्या बुझ्नु आफ्नो दायित्व भएको भन्दै अध्यक्षका उम्मेदवार  क्षेत्रीले एक दशकसम्म संघमा रहेर हासिल गरेको अनुभव नेतृत्व तहमा पुगेर कार्यान्वन गर्ने प्रतिवद्धता जनाए। घरदैलो अभियानपछि वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार मिनराज काफ्लेले पोखराका उद्योगी व्यवसायीहरु र वस्तुगत संघ–संस्थाहरुले आफ्नो समूहलाई सहयोग गर्ने आश्वासन दिएको दावी गरे । क्षेत्रीको समूहबाट उद्योग तर्फको उपाध्यक्ष पदमा उम्मेदवार सीता गुरुङ र वाणिज्यतर्फको उपाध्यक्ष पदमा उम्मेदवार सुरेश अधिकारीले आफूहरुले मतदाता व्यवसायीसंग भेटघाट कार्यलाई तीव्र पारेको भन्दै चुनावी प्रचार अभियानका क्रममा व्यवसायीले आफूहरुलाई सहयोग गर्ने आश्वानि दिएको र आफूहरुको जीत सुनिश्चित भएको बताए ।  यस्तै महासचिव पदकी उम्मेदवार लक्ष्मी क्षेत्री पाण्डे, कोषाध्यक्ष पदका उम्मेदवार जनकराज पराजुली र उप–महासचिवमा अर्जुन पोख्रेल पनि चुनावी प्रचार अभियानमा सक्रिय छन् । यसैगरी सदस्य पदका उम्मेदवारहहरु हरिराज पन्त, अर्जुन खनाल, कुमारी मुना बाँस्तोला, गिरधारी शर्मा, गोमा ढकाल, चिनु गुरुङ, नवराज त्रिपाठी, बलराम आचार्य, महेश्वर पोख्रेल (शिव) र हिमालय बख्रेल पनि व्यवसायीहरु लाई भेटेर मत माग्न सक्रिय भएका छन् । यसैगरी अध्यक्ष पदका उम्मेदवार विश्वशंकर पालिखेले पनि मतदाता व्यवसायी भेटघाट कार्यक्रमलाई बुधबार पनि जारी राखे । उनले बुधबार पोखराको पालिखेचोक, महेन्द्रपुल, नयाँवजार, पृथ्वीचोक, सभागृहचोक, चिप्लेढुंगा, विपि चोक, सिद्धार्थचोक लगायतका क्षेत्रको घरदैलोमा सहभागी भए । भेटका क्रममा व्यवसायीहरुले पाखिले तथा उनको टिमलाई जिताउन लाग्ने वचन दिएको र पालिखेका पोखरामा अभैm देखिने गरि व्यवसायिक हक हित र आर्थिक संवृद्धिको कार्यमा तल्लिन हुन सुझाव दिएका थिए ।
 
पालिखेको समूहबाट वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका रविन्सन प्रजू, वणिज्यतर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका केदारनाथ भट्टराई, उद्योगतर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिएका गोकर्ण कार्की, महासचिव पदमा उम्मेदवारी दिएका दामु अधिकारी, कोषाध्यक्ष पदका उम्मेदवार पवन प्रजापति र उप–महासचिव पदका उम्मेदवार नविन बरालले पनि चुनावी प्रचार अभियानलाई तीव्र पारेका छन् । यस्तै पालिखेको समूहबाट सदस्य पदमा उम्मेदवारी दिएका अनिल सिग्देल, किसान सुनार, गीता तिवारी, देवकृष्ण काफ्ले, पवित्रादेवी गुरुङ, प्रेम प्रसाद पौडेल, प्रेमबहादुर भुजेल, यदुनाथ अधिकारी, सीता बराल र सुरेन्द्रमान विजुक्छे पनि मतदाता भेटघाट कार्यक्रममा ुसक्रिय छन् ।  यसैबीच पोउवासंघको आशन्न महाधिवेशनमा पहिलो पटक महिलाको तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएकी हिरा भट्टराई पनि यतिबेला घरदैलोमा व्यस्त छन् । अधिवेशनको मिति नजिकिंदै गर्दा उनी आफन्त र आफ्ना समर्थकका साथ संघका सदस्यहरुको घर घरमा पुगिरहेकी छन् । ‘आर्थिक समृद्धिका लागि सबल र सक्षम नेतृत्व’ नारालाई अघि सार्दै घरदैलोमा रहेकी भट्टराईले आफ्नो उमेदवारीलाई मतदाताले पनि उत्साहका रुपमा लिएको बताइन् । ‘झण्डै ९५ प्रतिशत मतदाताको घरमा पुगिसकेको छु’ गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै उनले भनिन्–‘मतदाताको प्रतिक्रिया, माया तथा साथबाट उत्साहित भएकी छु।’ मंगलबार पोखराको प्रमुख बजार महेन्द्रपुल, चिप्लेढुङ्गाका व्यवसायीहरु लाई भेटेकी भट्टराईले बुधबार बुद्धचोक, रामबजारका व्यवसायीहरुको घरदैलोमा पुगिन् । पोखरा उद्योग वाणिज्य संघको इतिहासमै पहिलो पटक महिलाले अध्यक्ष पदमा उम्मेदवारी दिएको भन्दै मतदाताहरु बाट अत्यन्तै सकारात्मक प्रतिक्रिया पाइरहेको उनले बताइन् । भट्टराईले यसअघि पोखराका प्रमुख स्थानमहरु बगर, पृथ्वीचोक, सृजनाचोक, न्यूरोड, पार्दी बिरौटा, ड्यामसाइड, छोरेपाटन, सभागृृह चोक तथा पर्यटकीय क्षेत्र लेकसाइड लगायतका क्षेत्रका व्यवसायीहरुलाई भेटिसकेकी छन् । ‘यतिबेला राष्ट्रपति, सभामुख, तथा न्यायालय लगायत मुलुकका प्रमुख अहोदा महिलाहरुले सम्हालिहरेको बेला पोखरा उद्योग वाणिज्य संघ पनि महिलाले सम्हाल्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्न पनि मलाई जिताउँनुहोस्’, घरदैलोका क्रममा उनले मतदाताहरुसंग भन्ने गरेकी छन् । साथै अहिलेसम्म संघको विभिन्न पदमा रहँदा आफू संधै व्यवसायिक हक, हितको पक्षमा लडेको भन्दै यो लडाइँलाई निरन्तरता दिने प्रतिवद्धता समेत उनले व्यवासायी समक्ष गरेकी छन् । उनलाई पोखरा हस्तकला संघले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।





Post a Comment

 
Top