0
गोल्डेन न्यूज संवाददाता
पोखरा लिङ्कन इन्टरनेशनल कलेज र लिटिल स्टेप उच्च माविको संयुक्त आयोजनामा बिहीबार भएको उच्च माध्यमिक विद्यालय स्तरीय सामूहिक नृत्य प्रतियोगिताको उपाधि सगरमाथा उच्च मावि, नयाँबजारले हात पारेको छ । ३७औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका सन्दर्भमा पोखरा सभागृहमा सडक बाल बालिकाहरुको सहयोगका लागि भएको प्रतियोगितामा मेरिगोल्ड उच्च मावि र लिटिल स्टेप उच्च मावि व्रmमशः दोस्रो र तेस्रो भएका छन् भने लक्ष्मी आदर्श उच्च मावि र कास्की मोडनाइज्ड एकेडेमी सान्त्वना भएका छन्।  प्रतियोगितामा पहिलो हुनेले २०, दोस्रोले १५ र तेस्रोले १० तथा सान्त्वना हुनेले २ हजार ५ सय रुपैयाँ नगद प्राप्त गरेका छन् । प्रतियोगिताका निर्णायकहरुमा राहुल थापा, प्रीति गुरुङ र केशबहादुर गुरुङ रहेका थिए । कार्यव्रmममा अर्जुन मिलनका नामले साङ्गीतिक क्षेत्रमा परिचित संविधानविद् डा. भीमार्जुन आचार्यलाई पोखरा लिङ्कन इन्टरनेशनल सङ्गीत सम्मानबाट सम्मान गरिएको छ। नगद, दोसल्ला र सम्मानपत्रसहितको सो सम्मान पोखरा विश्व विद्यायका उपकुलपति चिरन्जीविप्रसाद शर्मा, आयोजक समितिका संयोजक तथा आयोजक संस्थाका संस्थापक÷ निर्देशक शेरबहादुर गुरुङ र प्रिन्सिपल पम्फा गुरुङले आचार्यलाई सम्मान गरेका थिए । अनुपम म्युजिक पोखराको व्यवस्थापनमा भएको कार्यव्रmमका अध्यक्ष शेरबहादुर गुरुङले शैक्षिक संस्था केवल पढाउने मात्र नभई विद्यार्थीमा रहेको चौतर्फी प्रतिभाको विकास गराउनेतर्फ लाग्नुपर्ने भन्दै आफू त्यही अभियानमा लागेको र आगामी दिनमा पनि लाग्ने बताए । प्रमुख अतिथि पोखरा विश्व विद्यालयका उपकुलपति चिरन्जीविप्रसाद शर्माले लिटिल स्टेप र पोखरा लिङ्कनले उदारहणीय कार्य गरेको बताए । उनले यस्ता कार्यव्रmमले राष्ट्रलाई आवश्यक प्रतिभा जन्माउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। कार्यव्रmममा गायक कर्म ग्याल्छेन, रामभक्त जोजिजू, सन्तोष प्रधान, नरेश राई, तेज गुरुङ, राज सागर र पशुपति गुप्ताले आफ्ना साङ्गीतिक प्रस्तुति राखेका थिए ।  अनुपम म्युजिक पोखराका सचिव रुपिन्द्र प्रभावी र प्रबन्ध निर्देशक अनुराग अधिकारीको सञ्चालनमा भएको कार्यव्रmममा मुख्य प्रायोजक काठमाडौँ इन्फोसिसका प्रबन्ध निर्देशक राजेन्द्र रिजाल, सहप्रायोजक सिभिल बैङक लिमिटेड, पञ्चकोशी एडुटेक, प्रायोजक क्या. लालप्रसाद गुरुङ, सीता गुरुङ, पोखरा लिङ्कनमा उत्कृष्ट विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित व्यक्ति तथा संस्थाहरुलाई पोखरा लिङ्कनका बोर्ड अफ् डाइरेक्टर बिक्की गुरुङ, एकेडेमिक चिफ टीएन शर्मा, हिसान कास्कीका अध्यक्ष बाबुराम पन्त, ह्यान्डबल सङ्घका अध्यक्ष तेज गुरुङ, शिक्षासेवी डा. राधेश्याम कायस्थ, पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख गणेशबहादुर गुरुङ, लिटिल स्टेपकी प्रिन्सिपल पम्फा गुरुङलगायतले सम्मान गरेका थिए । वि.सं. २०३९ देखि लिटिल स्टेप उच्च मावि र सन् २०१२ देखि पोखरा लिङ्कन इन्टरनेशनल कलेज शैक्षिक क्षेत्रमा व्रिmयाशील रहँदै आएको छ ।






Post a Comment

 
Top