0
नारायणी कोइराला
मानव जीवनको सवै भन्दा सुन्दर क्षण वाल्य अवस्था हो । बाल्य अवस्थाका घटना रमाइलो हुन्छन । बाल्य अवस्थामा साथी अति नै प्रिय लाग्दछ । बाल्य अवस्थामा सिकाउने शिक्षक सम्मानित लाग्दछ । साथै सम्मान बढेर आउँछ । म २ कक्षामा पढने बेलामा आर्दश नि.मा.वि नक्सालमा आशा मिस र बद्रि सरलाई सधंै सम्झन्छु । आशा मिसले धेरै माया गर्नु हुन्थ्यो । कक्षामा आएपछि अगाडि गएर सबैलाई हेरेर मुस्कुराउनु हुन्थ्यो  सुमसुम्याउनु हुन्थ्यो अनि मात्र विषयवस्तु शुरु गर्नु हुन्थ्यो । गृहकार्य नगर्नेलाई कहिल्यै गाली नगर्ने आशा मिसले भोलि पनि गृहकार्य नगर्ने है भन्दै हास्नु हुन्थ्यो । अनि हामी भोलि सबैले गृहकार्य गरेका हुन्थ्यौ । त्यस्तै बद्री गिरी सरले कक्षा  ६ मा सामाजिक पढाउनुहुन्थ्यो । उहाँले सधंै पढाएपछि सोध्नु हुन्थ्यो । नजानेसम्म त्यही विषय दोहोर्याउनु हुन्थ्यो । कक्षामा सवैले जान्नु पर्छ भन्ने धारणा थियो । बद्रि सरलाई पनि कहिल्यै रिस नउठने । बालबालिकालाई सिकाउने शिक्षक मायालु र रमाइलो हुनु अवश्यक छ । अझ साना प्रि–स्कुलमा टिचर त हसिलो मुहार, मायालु, फुर्तिलो, जाँगरिलो, सक्रिय र सकारात्मक सोच भएको हुनुपर्दछ । प्रि–स्कुल भनेको बालबालिकाको दोश्रो घर हो । त्यसैले प्रि–स्कुलका शिक्षक भनेको दोश्रो आमा हो । त्यसैले आमाले जस्तै प्रेम पूर्वक व्यवहार गर्ने, काखमा लिने, सुमसुमाउने उनीहरुको बाल भावना बुझेर सिकाउने वा उनीहरुलाई सिक्नको लागि उत्प्रेरित गर्ने गर्नु पर्दछ । नजान्नु बालबालिकाको कमजोरी होइन सिकाउने शिक्षकमा कमजारी हो । सिकाउने विधि फरक पर्दछ । प्रि–स्कुलका शिक्षक बालबालिकाको अगाडि प्रस्तुत हँुदा चिटिक्क परेर प्रशन्न मुद्रामा रमाइलो तरिकाले प्रस्तुत हुनुपर्दछ । साना नानीलाई सिक्नका लागि इच्छा जगाउनु पर्दछ । शारीरिक र मानसिक रुपमा तयार भएपछि मात्र आप्mनो प्रक्रिया अनुसार अगाडि बढनु पर्दछ। कोर्ष सिध्याउने होइनकी सबैलाई जान्ने बनाउनुपर्दछ । सिक्नका लागि उत्सुक बनाउनु पर्दछ । प्रि–स्कुलमा प्रथम, दोश्रो भनेर छुटयाउनु हुँदैन । अब आधारभूत शिक्षा अन्तर्गत कक्षा आठ सम्मलाई नेपाल सरकारले तोके पनि अझ प्रि–स्कुल छुटै हुनु बालबालिकाका लागि गुणस्तर हुन सक्छ । यो उमेरमा आवश्यक पर्ने पोषण खाना बाल उपयुक्त वातावरण र सर्वगुण सम्पन्न शिक्षक यो उमेर समूहका बालबालिकाको आवश्यकता भएको हँुदा २ वर्ष देखि ८ वर्ष सम्मका बालबालिका संग काम गर्न शिक्षक मायालु त हुनै पर्छ त्यो संग–संगै आमाको जस्तै भावना, विषयवस्तुमा दक्ष, स्वास्थ्य, रिस नउठने स्वभावको हुनु जरुरी छ । बालबालिकालाई गृहकार्य दिएर पठाउने होइन, आफना अभिभावकसंग प्रश्न गर्ने, अन्तत्र्रिmया गर्ने, अनुसन्धान गर्न खोज्ने खालको बनाउनुपर्दछ । त्यसैले साना बाबुनानी (२–८) वर्ष का उमेर समूहमा काम गर्नले भित्रि मनदेखि नै चाहेर, खुशी भएर, तीव्र इच्छा भएर काम गरेमा मात्र बालबालिकाले न्याय पाउछन । त्यहाँ ९व्यथाग िीभबचलष्लन० हुन्छ ।  यो मेरो जागीर हो भन्ने सोचेमा त्यहाँ गुणस्तर आउँदैन । यहाँ मैले केही सिक्दैछु । यहाँ म खुशी छु । यो मेरो खुशीका लागि गरेको हो भन्ने सोच हुनु जरुरी छ । यस्तो सोचले नै हामीलाई हाम्रो कामबाट सन्तुष्टि दिन्छ। हामीहरुको पेशालाई न्याय गर्न सक्छांै ।
(लेखक कोइराला सेफ किडस प्रि–स्कूलकी प्राचार्य हुन् ।)





Post a Comment

 
Top