0
गोल्डेन न्यूज संवाददाता
 पोखराको चिप्लेढुङ्गामा रहेको ‘मुनाल स्टोर्स’ मंगलबारदेखि १८औं वर्षमा प्रवेश गरेको छ । २०५६ भदौ २१ गते व्यापार शुरुवात गरेको स्टोर्सले पोखरा र आसपासका जनतालाई सुपथ मूल्यमा, सुलभ तरिकाले गुणस्तरीय सामान उपलब्ध गराइरहेको सञ्चालक मोती भूजेलले जानकारी दिए । ‘मुनाल स्टोर्सलाई पूर्ण कम्प्यूटर प्रणाली र सीसी क्यामेरा जडान गर्दै सुविधासम्पन्न आधुनिक डिपार्टमेन्टल स्टोर्समा परिणत गरिएको छ,’ उनले भने । स्टोर्समा सामान किन्नका लागि छिमेकी जिल्ला स्याङ्जा, पर्वत, तनहँु, बाग्लुङ, म्याग्दी, मुस्ताङ र मनाङलगायतका जिल्लाबाट ग्राहक आउने गरेका छन् । पारिवारिक वातावरणमा विभिन्न उपभोग्य सामानहरु छिटोछरितो रुपमा ग्राहकलाई उपलब्ध गराइरहेको भुजेलले बताए । ‘पारिवारिक वातावरणमा स्तरीय सेवा प्रदान गरेकै कारण आम उपभोक्ताको मन जित्न सफल भएका छौं,’ भुजेलले भने–‘आगामी दिनमा सेवालाई अझ बढी परिस्कृत गर्दै अगाडि बढ्छौं ।’ वार्षिकोत्सवका अवसरमा स्टोर्सले सम्पूर्ण ग्राहकहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवा सुविधामा सधैं समर्पित हुने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । ‘ग्राहकको मायाले नै हामी यहाँसम्म आइपुगेका छौं’ भूजेलले भने–‘ग्राहकको अझ माया पाउनेमा हामी विश्वस्त छौं।’ मुनाल स्टोर्सले अझ सेवा बिस्तार गर्दै अगाडि बढ्ने उनले बताए ।
 
१७ वर्षअघि संचालनमा आएको मुनाल स्टोर्सले ९ वर्ष अगाडिबाट पूर्ण कम्प्युटर सिस्टमसहित सुविधा थप गरी डिपार्टमेन्टल स्टोर्समा परिणत भएको थियो । मुनाल स्टोर्स गृहणी तथा आम उपभोक्ताको प्रमुख रोजाइ बन्न सफल भएको भुजेलले बताए ।
‘मुनाल स्टोर्सलाई यो अवस्थासम्म ल्याइ पु¥याउन निरन्तर सहयोग र सहकार्य गर्ने तथा अटुट माया र सद्भाव दर्साउने सम्पूर्ण ग्राहक तथा शुभ चिन्तक महानुभावहरुको साथै विभिन्न औद्योगिक र व्यापारिक प्रतिष्ठानहरु प्रति हार्दिक आभार प्रकट गर्दै भविष्यमा पनि यस किसिमको सहयोग र सहकार्य निरन्तर प्राप्त भइरहने विश्वास प्रकट गर्दछौं’ मुनाल स्टोर्सद्वारा वार्षिकोत्सवको अवसरमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Post a Comment

 
Top