0
गोल्डेन न्यूज संवाददाता
विश्वविख्यात क्लोथिङ् ब्राण्ड ‘बिइङ् ह्युमन’को आधिकारीक सो रुम बुधबारदेखि पोखरामा संचालनमा आएको छ । सलमान खान फाउण्डेशन तथा यसको उत्पादक कम्पनी मन्धना इन्डष्ट्रिजसंग सहकार्य गर्दै ‘बिइङ् ह्युमन’ को आधिकारिक सो रुम  यस अगाडि काठमाडौंमा सञ्चालन भइसकेको छ । सो शोरुमको पोखरा ट्रेड मलमा के.सी. समूहका निर्देक एवं युवा उद्यमी प्रकाश के.सी., बलिउडका चलचित्रमा समेत अभिनय गरेका चर्चित सुनिल थापाका साथ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखे, बिइङ् ह्युमन नेपाल, वस्त्र इंक प्रा.लि.का अध्यक्ष राजु थापा तथा बस्त्र इंक प्रा.लि.कै निर्देशक पूर्णबहादुर हमाल संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरे ।
समारोहमा वस्त्र इन्कका निर्देशक राजु थापाले समाजसेवाका लागि कटिबद्ध बिइङ ह्युमन तथा यसको नेपालका लागि आधिकारिक शोरुम सञ्चालक वस्त्र इन्कले बिइङ ह्युमनको पहिलो आधिकारिक शोरुम सञ्चालनका दिनहरुमा अनाथ बालबालिकाका लागि कार्यरत संस्थालाई आवश्यक सामाग्रीहरु प्रदान गरेको  बताए। सन् २००७ मा फ्रान्समा खुलेको पहिलो शोरुमपछि बेल्जियम, स्पेन, बहराइन, दोहा, जेद्धाह, कुबेत, जोर्डन, संयुक्त अरब, पाकिस्तान, रियाध, भारत आदि पछि नेपाल ‘बिइङ् ह्युमन’ को सो रुम सञ्चालन गर्ने १५र्औंैं मुलुक भएको छ ।
 शिक्षा र स्वास्थ्यका लागि मुनाफा खर्चिदैं आएको ‘बिइङ् ह्युमन’ को मूल अवधारणालाई पछ्याउँदै वस्त्र इन्कले पनि ‘बिइङ् ह्युमन’ का ब्राण्डको बिक्रीबाट आउने मुनाफाको केही हिस्सा (दश प्रतिशत) नेपालकै शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा सहयोग स्वरुप प्रदान गर्नेछ ।
वस्त्र इन्कले ‘बिइङ् ह्युमन’ को हरेक शाखामा कम्तिमा एकजना अशक्त तथा अपाङ्लाई रोजगारी प्रदान गरिरहेको छ । ‘बिइङ् ह्युमन’ ब्राण्डका तयारी पोशाकहरुमा महिला पुरुष, बालबालिका तथा बृद्धबृद्धाका लागि हुने ज्याकेट, टिसर्ट, हुड, सर्ट, पाइन्ट, मोजा, अण्डर गार्मेन्टस, चप्पल, जुत्ता, क्याप आदि रहेका छन् । भारतका ५० ठाउँमा सो ब्रान्डका शाखा रहेका छन भन्ने बिश्वका १० राष्ट्रमा समेत सो ब्रान्डका शाखा सञ्चालमा आएका छन्। उद्घाटका पोखरामा विभिन्न छुटका प्याकेज कम्पनीले दिएको कँपनीका अध्यक्ष थापाले बताए ।

Post a Comment

 
Top