0
गोल्डेन न्यूज संवाददाता
नेपाल पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको कोमागाने शहरको सहयोगले पोखराको स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको बताएकी छन । पोखरा उपमहानगरपालिका र जापानको कोमागाने शहरको भगिनी सम्बन्ध र त्यसको सहयोगबाट पोखरा–१६ बाटुलेचौरमा संचालनमा आएको मातृशिशु मितेरी अस्पताल नेपाल सरकारलाई हस्तान्तरण समारोहमा वोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको कोमागाने शहरले पोखरामा पु¥याएको सहयोगले स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको बताइन । पोखरा उप–महानगरपालिका र जापानको कोमागाने नगरको सहयोगमा निर्मित मातृशिशु अस्पतालले आमा र शिशुको स्वास्थ्यलाई मध्येनजर गर्दै सरकारी स्तरबाट संचालन गर्नका लागि सरकारलाई हस्तान्तरण गरेकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा सरकारीस्तरबाट अस्पताल संचालनका लागि विभिन्न सहयोगहरु उपलब्ध गराउन आफूले प्रयत्न गर्ने समेत भण्डारीले बताइन । स्वास्थ्य क्षेत्रमा जापानको कोमागाने नगरले गरेको सहयोगबाट निर्मित अस्पताल अब नेपाल सरकारको मातहतबाट सञ्चालनमा आउने र अस्पताल वरपरका क्षेत्रमा आमा र शिशुको स्वास्थ्य हेरचाहलाई अझ बढी राम्रो गरेर सरकारले अगाडि बढ्नेमा ढुक्क हुन समेत राष्ट्रपति भण्डारीले आग्रह गरिन्। प्राकृतिक सम्पदाले भरिपूर्ण पोखरा आफैमा सुन्दर रहेको भन्दै उनको भण्डारीले पोखराको हिमश्रृङ्खलाले जुनसुकै पर्यटकको ध्यान केन्द्रित गर्न सफल भएको बताइन । उनले पोखराको पर्यटनलाई अझ सुदृढ गर्दै अगाडि बढाउनुपर्नेमा समेत जोड दिइन ।
 
नेपाल सरकारका पूर्व स्वास्थ्य मन्त्री खगराज पौडेल मन्त्री रहँदा २०७२ असोज २२ गतेको मन्त्री परिषदको बैठकले पोखराको बाटुलेचौर स्वास्थ्य चौकीसंग गाभेर मातृशिशु अस्पताललाई सरकारी अस्पताल बनाउने निर्णय अनुसार कोमागाने मातृशिशु अस्पताल नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।  सो समारोहमा अस्पतालका निवर्तमान सुपरिटेन्डेन्ट डाक्टर छम माया पुनले अस्पतालका प्रमुख डा. प्रेमराज पंगेनीलाई अस्पतालको सम्पूर्ण कागजपत्र र चावी हस्तान्तरण गरी अस्पताल नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । यसैगरी रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल र भुटानको आयोजनामा पोखरामा भएको नेशनल कन्फरेन्स अन लिटरेसी र वास इन स्कुलको सम्मेलन उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यकता भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले नेपालका महिला र बालबालिका अझैपनि शिक्षाको अवसरबाट वञ्चित भएको भन्दै उनले महिला साक्षरताका लागि रोटरी इन्टरनेशनलले लिएको कदमलाई सरकारले गहनरुपमा लिएको बताइन । उनले शिक्षालाई प्रभावकारी रुपमा अगाडि लैजान शिक्षक तालिमदेखि शिक्षक, विद्यार्थी र अभिभावकको सामूहिक प्रयासको खाँचोमा जोड दिए । राष्ट्रपति भण्डारीले स्वास्थ्यका कारण आमा र शिशुको पोषण र स्याहार सुसारमा समेत गम्भीर प्रभाव परेकोले सरसफाइ र पोषणयुक्त खाद्यान्नका लागि पहल गर्नुपर्नेमा जोड दिइन। शुद्ध पिउनेपानीको अभाव र अव्यवस्थित शौचालयको कारण फैलिँदै गएको रोगको रोगथामका लागि सरसफाइ अभियान प्रभावकारी भएको उल्लेख गरे । उनले नेपाल प्राकृतिक र मानवीय स्रोतसाधनमा धनी भएकोले उचित श्रोत साधन प्रयोग गरी विदेश लगानी भित्र्याउन रोटरी इन्टरनेशनलले सेतुको भूमिका निर्वाह गर्न सक्ने बताए ।  नेपाललाई पूर्ण साक्षरता बनाउने रोटरी इन्टरनेशनलको अभियानअन्तर्गत नेशनल कन्फरेन्स अन लिट्रेसी एण्ड वास इन स्कुल विषयक राष्ट्रिय सम्मेलनमा नेपालसहित भारत, अमेरिका, जापान, बेलायत, अष्टे«लियालगायत देशका करिब ४ सय ५० जना रोटरियन र यस विषयसँग सम्बन्धित सरकारी तथा गैरसरकारी क्षेत्रका सरोकारवालाको सहभागिता रहनेछ । सम्मेलन २ दिनसम्म चल्ने छ ।



Post a Comment

 
Top