0
मनकामना महिला विकास सहकारी संस्था पोखरा–१ अधिकारीटोलको १९औं साधारणसभा सम्पन्न भएको छ। साधारणसभाको उद्घाट गर्दै प्रमुख अतिथि पृथ्वीनारयाण क्याम्पसकी सह–प्रध्यापक इन्दिरा पन्तले सहकारीका शेयर सदस्य बीचको सहकार्यले नै सहकारी मजबुद हुने बताईन्। कार्यक्रममा सचिव भगवती अधिकारी, कोषाध्यक्ष रमा अधिकारी, लेखा समिति संयोजक अनुजा जोशीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा ओम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णुप्रसाद अधिकारी, अभिभावक रमेश अधिकारी, मनकामना महिला विकास सहकारी संस्थाकी निर्वतमान अध्यक्ष सीता अधिकारी ‘ग’, सल्लाहकार तथा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी अध्यक्ष जीवन अधिकारी, पूर्व अध्यक्ष सावित्री अधिकारी, संस्थापक अध्यक्ष विजया अधिकारी, सदस्य विनिता अधिकारीले बोलेका थिए। मनकामना महिला विकास सहकारी संस्थाकी अध्यक्ष सीता अधिकारी ‘क’ को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सदस्य सुनिता देवकोटा अधिकारीले स्वागत उपाध्यक्ष मिठु अधिकारीले धन्यवाद र सचिव भगवती अधिकारीले कार्यक्रम सञ्चालन गरेकी थिईन्।







Post a Comment

 
Top