0
गोल्डेन न्यूज संवाददाता
देश र जनतासँग जोडीएका मुख्य मुद्दाहरुमा सरकार गम्भीर बनोस् भनि नयाँ शक्ति पार्टी नेपाल कास्कीले जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनाली मार्फत नेपाल सरकारका प्रधानमन्त्रीलाई आईतबार ज्ञापन–पत्र बुझाईएको छ । राजनैतिक, आर्थिक–सामाजिक, भुकम्प पिडीतलाई राहत तथा पुननिर्माण, नवनिर्माण, विकास–निर्माण, राष्ट्रियता, शान्तिप्रक्रिया तथा समसामयिक सवालहरुका विषयमा उक्त ज्ञापन–पत्र पेश गरिएको हो । नेपाली जनता स्वयंले चुनेका प्रतिनिधिले संविधानसभामार्पmत् नेपालको संविधान जारी गरेको एकवर्ष पुरा भईसक्दापनि मधेसी, जनजाति, थारु आदि समुदायको असन्तुष्टिलाई संविधानले संबोधन गर्न नसकेको कुरा विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा संघीयता, नागरिकता, सिमाङ्कन, समावेशी जस्ता विषयमा अभैm गहन राष्ट्रिय चिन्तन आवश्यक रहेको र जबसम्म यी असन्तुष्टिहरुलाई संबोधन गर्न सकिंदैन तबसम्म मुलुकमा राजनीतिक अस्थिरता कायम रहने जनाएको छ । राजनीतिक अस्थिरता कायम रहेसम्म विकास र समृद्धि सम्भव नभएको र विकास र संमृद्धिविना प्राप्त राजनीतिक उपलब्धीहरु गुम्ने खतरा सधैं रहिरहने विज्ञप्तीमा लेखिएको छ । देशका समस्याहरुको निकास दिनुको साटो प्रमुख राजनीतिक दलहरुले आफ्नो सम्पूर्ण शक्ति सत्ताको खेलमा लागिरहेकाले विज्ञप्तीमा दुःख व्यक्त गरिएको छ । सरकारले विभिन्न पक्ष, क्षेत्र र समुदायबाट उठेका जायज मागको यथाशीघ्र सम्बोधन गरोस्, पहिचानका पाँच र सामथ्र्यका चार आधारमा टेकी स्थानीय निकायको पुनर्संरचना गरोस् र जनताका दैनिक जीवनसँग सम्बन्धित समस्याको समाधान गर्न सरकारलाई दवावका निम्ती उक्त विज्ञप्ती पेस गरिएको नयाँ शक्ति पार्टी नेपाल कास्कीका संयोजक हेम बहादुर थापाले बताए । विज्ञप्ती बुझाउनका निम्ती कास्कीका राष्ट्रिय युवा अभियान, नेपाल समाजवादी ट्रेड युनियन महासंघ, महिला शक्ति कास्की, नेपाल प्रेस सोसाईटी, नेपाल उद्योग वाणीज्य तथा पर्यटन व्यवसायी महासंघ, दलित शक्ति कास्की, तमु राष्ट्रिय परिषद्, राष्ट्रिय पूर्व सुरक्षाकर्मी नेपाल, जिल्ला तथा प्रदेश ४ संयोजक, केन्द्रिय सदस्य, नयाँ शक्ति विद्यार्थी युनियन कास्की, शिक्षक समाज नेपाल लगायतको उपस्थिति रहेको थियो ।

Post a Comment

 
Top