0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका वडा नंं ४ स्थित सिद्धार्थ टोल विकास संस्थाले महिलाको पाठेघर र स्तन क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा वीर अस्पताल काठमाडौंमा कार्यरत डा. दीपक मल्लले थाइराइड सम्बन्धी, पोखराको गण्डकी मेडिकल कलेजमा कार्यरत डा. दीपेन्द्र श्रेष्ठले स्तन र पाठेघरको क्यान्सर सम्बन्धी, मणिपाल शिक्षण अस्पतालमा कार्यरत डा. अञ्जली सुवेदीले स्त्री रोग तथा प्रसुती सम्बन्धी र डा. उज्वल चालिसेले  क्यान्सर सम्बन्धी सहजीकरण गराएका थिए । डा. चालिसेले सिद्धार्थ टोल विकास संस्थाका सदस्यहरुका लागि पोखरा केयर क्यान्सर तथा भक्तपुर क्यान्सर अस्पतालमा विशेष छुट उपलव्ध गराउने बताए । कार्यक्रममा पोखरा क्यान्सर केयर केन्द्रका प्रवन्धक उत्तम चालिसे, सदस्य कुसुम थापा, शुष्मा थापा लगायतले कार्यक्रममा सहभागी ४० जना जनाको सुगर परीक्षण समेत गरेका थिए । संस्थाकी अध्यक्ष गोमा कोइराला सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार मदनकाजी श्रेष्ठ, सल्लाहकार ढाकामोहन पराजुली, सदस्य कल्पना गौतम, कार्यक्रम संयोजक पार्वती माकाजू, उपाध्यक्ष सम्झना माकाजू, सचिव सीमा कोइराला लगायतले आ–आफ्नो भनाइ राखेका थिए । उक्त अवसरमा बोल्दै संस्थाकी अध्यक्ष गोमा कोइराला सुवेदीले महिलाको पाठेघर र स्तन क्यान्सको समस्या बढ्दै गइरहेकोले बेलैमा सचेत गराउन सचेतना कार्यक्रम आयोजना गरिएको बताइन । अध्यक्ष सुवेदीले पाठेघर र स्तन क्यान्सर  निकै जटिल रोग भएकाले प्रशिक्षणका क्रममा सिकेका कुरालाई व्यवहारमा लागू गरि यसबाट बच्न समेत आग्रह गरिन् ।








Post a Comment

 
Top