0
गोल्डेन न्यूज संवाददाता
रोटरी क्लब अफ पोखराले बर्ष २०१६÷१७ का लागि चयन भएका पदाधिकारीहरुको पदस्थापना गरेको छ । क्लबले शनिबार आयोजना गरेको औपचारिक कार्यक्रममा अध्यक्ष दुर्गादत्त पगेनी सहित पदाधिकारीको पदस्थापना गरेको हो । क्लबमा अध्यक्ष पंगेनी सहित निवर्तमान अध्यक्ष ज्ञानेन्द्रप्रसाद सिग्देल रहेका छन् भने कार्यकारी बोर्डमा मानकाजी माकाजू, गोपाल ध्वजू, कपिल किरण श्रेष्ठ, मीना श्रेष्ठ, राकेशमान बुद्धाचार्य, गणेशमानसिंह भण्डारी, डा. सत्यजित सिंह, प्रकाशदेव पालिखे, राजेन्द्रप्रसाद श्रेष्ठ, जीतेन्द्र सिग्देल, रामचन्द्र थापा, बाबुराम बराल, हिमालयदेव सिग्देल चयन भएका छन् । कार्यक्रममा निवर्तमान अध्यक्ष ज्ञानेन्द्रप्रसाद सिग्देलले नव अध्यक्ष दुर्गादत्त पंगेनीलाई क्लबको जिम्मेवारी सुम्पिएका थिए । जिम्मेवारी ग्रहण गर्दै अध्यक्ष पगेनीले यस बर्ष पोखरामा घण्टाघर निर्माण गर्ने, भूकम्प पीडित परिवारलाई ३ हजार थान सोलार बत्ती वितरण गर्ने, विद्यालयमा पोशाक वितरण गर्ने लगायतका कार्ययोजना रहेको जानकारी दिए । कार्यक्रममा क्लबका सदस्यहरुका छोराछोरी मध्येबाट यस बर्ष शिक्षाको क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा  बोल्दै क्लबका पूर्व डिष्ट्रिक्ट गभर्नर तथा नेपाल सरकारका पूर्व मुख्य सचिव तीर्थमान शाक्यले क्लबको सदस्य लिएर मात्रै नभैकन समाज सेवाको माध्यमबाट सच्चा रोटरी बन्न आह्वान गरे । पोखरा र लेखनाथमा हाल ६ ओटा रोटरी क्लब गठन भैसकेका छन् ।








Post a Comment

 
Top