0
लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीले आइतबार पोखरा रामबजार घलेचोकस्थित कृष्ण मन्दिरको प्राङ्गणमा क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वरिष्ठ स्त्री रोग विशेषज्ञ डा.नारायण ओझा र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत डा.नविनकुमार श्रेष्ठले क्यान्सर रोगको केहो, स्तन र पाठेघर क्यान्सर, रोग लाग्न नदिन के गर्नुपर्छ र रोग लागेमा के गर्ने भन्ने बारेमा जानकारी गराएका थिऐ । क्यान्सर सचेतना सम्बन्धी ब्रोसर कृष्ण मन्दिर आमा समूहका अध्यक्ष मीना भण्डारीलाई हस्तान्तरण गरी प्रमुख अतिथि तीर्थलाल श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै क्यान्सर रोग लागेकाहरुलाई नेपाल सरकारले एक लाख रुपैया वराबर निःशुल्क सुविधा दिएको जानकारी दिए । कार्यक्रममा रिजनल चेयर पर्सन बेलकुमारी पराजुली, क्यान्सर सचेतना कार्यक्रम संयोजक देवकुमारी हिराचन, पोखरा १०,१५ रामजबजार टोल विकास संस्था समन्वय समितिका अध्यक्ष समाजसेवी सम्मरबहादुर श्रेष्ठ, कृष्णमन्दिर आमा समूहकी अध्यक्ष मीना भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीका अध्यक्ष जयन्द्र कुमार राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शान्तबहादुर थापाले स्वागत र सचिव जयराम आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।









Post a Comment

 
Top