0
गोल्डेन न्यूज संवाददाता
दन लाहाचोकले महिलाहरुको महान पर्व हरितालिका पर्वको अवसर पारेर स्रष्टा सम्मान, पुस्तक लोकार्पण तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। सदनले एसएलसीमा सामुदायिक र निजी विद्यालयबाट सर्वोत्कृष्ट हुने चिरञ्जीवि रानाभाट, स्वस्तिका विक, आशिष तिवारी, वीरेन्द्र क्षत्रीलाई सम्मान गरेको छ। यसैगरी अन्य सहयोगी तथा समाजसेवीमा पदमबहादुर दवाडी, अमृता घर्ती क्षत्री, महेश जिसी, उजेली हमाल, भिमकुमारी शाही, रेवता सुनार, तारा पौडेललाई सम्मान गरेको छ। उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि पृथ्वी नारायण क्याम्पस नेपाली विभागका विभागीय प्रमुख कृष्णप्रसाद पौडेलले पौडेल र समालोचक गौतमले सम्मानित व्यक्तित्वलाई सम्मान प्रदान गरेका थिए। यस्तै संस्थाले सोही समारोह बीच साहित्यकार राजु क्षत्री अपुरोको दोस्रो लघुकथा सङ्ग्रह कर्म र भाग्यको लोकार्पण गरेको छ।
 
कार्यक्रमका प्रमुख अतिथि पृथ्वी नारायण क्याम्पस नेपाली विभागका विभागिय प्रमुख कृष्णप्रसाद पौडेलले उक्त कृतिको लोकार्पण गरे। प्रमुख अतिथि पौडेलले नेपाली वाङ्मयको क्षेत्रमा राजु क्षत्रीको उपस्थिति द्रविलो बन्दै गएको बताए। पौडेलले साहित्य साधनामा सोचेजस्तो काम गर्न गाह्रो भएकाले जति कार्य भएका छन् ति स्तुत्य रहेको बताउँदै लाहाचोकको पहिचान जोगाउन लागेकालाई प्रोत्साहन र प्रेरणा आवश्यक पर्ने बताए। कृतिको समीक्षा गर्दै समालोचक असफल गौतमले उनका कथाहरू पहिलाका भन्दा परिस्कृत भएको भन्दै वर्तमान समाजको विद्रुपता, विकृति र विसङ्गतिलाई अपुरोका लघुकथाले सपाट प्रस्तुत गर्न सफल भएको बताए। कार्यक्रममा सिर्जना साहित्य सदनका सचिव सूर्यप्रसाद लम्साल, लघुकथाकार कल्याण पन्त, समाजसेवी जगन्नाथ अधिकारी, अर्जुन अधिकारी, पानबहादुर जिसी, मनिता कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा लोक गायक गायिका चन्द्रा कार्की, तुलसा जिसी, परशुराम अधिकारी, प्रतिक परियार, त्रिवेणी कलाकालका समूह र स्थानीय कलाकारले विभिन्न साङ्गीतिक प्रस्तुति राखेका थिए। लाहाचोक साहित्य सदनका अध्यक्ष लीलाधर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लक्ष्मी आचार्यले गरेकी थिइन्।

















Post a Comment

 
Top