0
कास्की जिल्लाको पोखरा उपमहानगर पालिका वडा नं २९ हेमजा सुइखेतमा अवस्थित अम्बिका माध्यमिक विद्यालयमा सञ्चालित निःशुल्क शिशु पोषण कार्यक्रम अत्यन्तै प्रभावकारी बन्दै गएको छ। वि.स २०७१ साल ९  महिना २३ गतेबाट उठेको शिशुपोषण कार्यक्रमको अवधारणा साकार भई हालसम्म आइपुग्दा विद्यालयमा निरन्तर रुपमा कक्षा १ देखि ४ सम्म अध्ययनरत विद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरिदैँ आएको छ । स्थापनमा नर्सरी देखि कक्षा ३ सम्ममा अध्ययनरत ५५ जना विद्यार्थीहरुलाई निःशुल्क दिवा खाजा खुवाउन सुरु गरेको विद्यालयमा हाल १ सय ५ जना विद्यार्थीहरुले  निःशुल्क रुपमा खाजा खाँइरहेका छन् । विद्यालयमा सञ्चालित निःशुल्क दिवा खाजा कार्यक्रमले अभिभावकहरुले आफना बाबु नानीहरुलाई खाँजाको विषयमा चिन्ता नभएको बताएका छन् । आयतबार एक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थींहरलाई निःशुल्क खाजा खुवाईएको थियो । अम्बिका शिशु पोषण कार्यक्रमको स्थापनामा  कोषमा रकम २ लाख ५० हजार भएकोमा हाल आएर १० लाख ११ हजार अक्षय कोषमा जम्मा भईसकेको सो अवसरमा अम्बिका शिशु पोषण अक्षयकोषका संस्थापक अध्यक्ष नेत्रपाणि भण्डारीले जानकारी दिए । उनले कोषलाई कसरी दीर्घजीवि बनाउन सकिन्छ भन्ने चिन्ताले आफूलाई छोपेको समेत बताए । सो अवसरमा अक्षय कोषका संस्थापक सदस्य केदार अधिकारी, हेमजा स्रोत केन्द्रका स्रोत व्यक्ति भीमराज पौडेल लगायतले दिवा खाजा कार्यक्रम अत्यत्तै राम्रो कार्यक्रम भएको उल्लेख गर्दै, यस्ता खालका कार्यक्रमले विद्यालयमा विद्यार्थीहरुको आर्कषण बढ्नुका साथै विद्यार्थीलाई पढाई लेखाईमा पनि उर्जा थप्ने बताए ।






Post a Comment

 
Top