0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा लेकसिटीको २३ औं पदस्थापन समारोह सम्पन्न भएको छ ।आगामी लायन बर्ष २०१६÷०१७ का निर्वाचित अध्यक्ष जगदिश गौतमको अध्यक्षतामा निर्वाचित पदाधिकारीलाई पदस्थापन गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि एवं पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर कुवरले लायन्स क्लव अफ पोखरा लेकसिटीले समुदायमा समाज सेवाका महत्वपूर्ण कार्यहरु गर्दै आएको बताउदै स्वास्थ्य शिक्षा र वातावरणको क्षेत्रमा क्लव संग सयकार्यगरेर कार्यगर्न पोखरा उपमहानगरपालिका तयार रहेको बताए । कार्यकारी अधिकृत कुँवरले पोखरा लायन्स क्लवहरुको उर्वरभूमी रहेको बताउदै लायन्स क्लव र सदस्यहरुको संख्या बढाएर सामाजिक कार्यमा सक्रिय तुल्याउन आग्रह गरे । मल्टिपल काउन्सिल चियर पर्सन सुनिल भक्त श्रेष्ठ पोखराको पुरानो र स्थापित क्लव लेकसिटिले समाज सेवाका अलावा समुदायमा समाज सेवाका कार्यहरु गर्दै आएको बताउदै पूर्व मल्टिपल चियर पर्सन दिपक श्रेष्ठको होम क्लव आफैमा सफल क्लव रहेको बताए । लायन्स क्लव इन्टरनेशनल डिष्टिूक ३२५ ए १का पूर्व गभर्नर उत्तम राज कायस्थले समग्र नेपाल र पोखराको लायन्सको अग्रिणी क्लव लेकसिटीले समाज सेवामा महत्वपूर्ण योगदान गरेको बताउदै लेकसिटीमा आवद्ध ब्याक्तिहरु नेपालका बिभिन्न क्षेत्रमा आवद्ध सक्षम ब्याक्तिहरु रहेको बताए ।  कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल डिष्टिूक ३२५ बी १ नेपालका प्रथम भाइस् डिष्टिूक गभर्नर धनराज आचार्य, डिष्टिूक चिफ एडभाइजर इन्दु लम्साल र जोन चियर पर्सन नरहरि पौड्याल लगायतले शुभकामना मन्तब्य ब्याक्त गरेका थिए । कार्यक्रममा बर्ष २०१५ ÷ ०१६ का अध्यक्ष देव क्षत्रीले लायन बर्ष २०१६÷०१७ का अध्यक्ष जगदिश गौतमलाई पद हस्तान्तरण गरेका थिए ।लायन बर्ष २०१६÷०१७ का अध्यक्ष जगदिश गौतमले नेपाल लायन्स फाउन्डेसनलाई क्लवका विभिन्न साथिहरुको तर्फबाट हस्तान्तरण गरिएको १ लाख ३७ हजार ७ सय रुपैंयाँको चेक निवर्तमान डिष्टिूक गभर्नरस् एवं एनएलएफ एक्जुकेटिभ कमिटीका चियरपर्सन धुर्व थापालाई प्रदान गरेका थिए । त्यसैगरी आफु पदस्थापन भएलग अध्यक्ष गौतमले स्वर्गिय बुवा ख्यामराज गौतमको स्मृतिमा गरिव तथा जेहन्दार बिधार्थिलाई छात्रबृत्री प्रदानगर्न १ लाख ११ हजार १ सय ११ रुपैयाँको लागतमा अक्षकोषको स्थापना गरेका छन् । कार्यक्रममा पूर्व मल्लिटपल काउन्सिल चियर पर्सन दिपक श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम सञ्चालन प्रकाश देव पालिखेले गरेका थिए । लेकसिटका नवनिर्वाचित अध्यक्ष जगदिश गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


Post a Comment

 
Top