0
गोल्डेन न्यूज संवाददाता
 संचारिका समुह पश्चिमाञ्चलद्धारा संचालित संचारिका महिला पत्रकारिता पुरस्कार २०७३  पत्रकार बसन्ति बाँस्तालोलाई प्रदान गरिने भएको छ । बुधबार अग्रज पत्रकार बद्रि विनोद प्रतिकको संयोजकत्वमा बसेको ५ सदस्यीय प्रतिभा छनौट समितिको निर्णयले संस्थागत विकास र पत्रकारीतामा निरन्तर क्रियाशिलताको आधारमा बाँस्तोलालाई उक्त पुरस्कार दिने निर्णय गरेको हो । पोखरा घारिपाटन स्थित पोखरा किण्डर गार्टेन (पिकेजी)का संस्थापक प्रिन्सिपल शिक्षासेवि कमला प्रधानले स्कुलको रजत जयन्तिको अवसर पारेर पुरस्कारका लागि रु १ लाखको अक्षयकोष स्थापना गरेकी थिइन् । उनले समाज रुपान्तरणमा निरन्तर कलम चलाइरहेका पत्रकार महिलाको सम्मानकालागि स्थापित अक्षयकोषको रकम थप १ लाख बढाएर २ लाखको बनाउने भएकि छिन् । सोहि कोषको व्याज मार्फत उक्त पुरस्कार वितरण गरिने भएको हो । प्रत्येक दुइ वर्षमा प्रदान गरिने यस पुरस्कारको राशि २० हजार १ सय ११ र सम्मान पत्र रहेको छ ।  विगत १२ वर्ष देखि पत्रकारितामा क्रियाशिल बाँस्तोला कान्तिपुर दैनिकहुँदै हाल समकोण टेलिभिजन र महिला खबरको फिचर संयोजकमा  कार्यरत छिन् । त्यसैगरी संचाारिका समुह पश्चिमाञ्चलद्धारा संचालित  अर्को गुरुगं ब्यूटि एकेडेमि जर्नालिज्म अर्वाड २०७३ बाट अन्नपूर्ण पोष्ट स्याङ्जाका रिर्पोटर भवानि अधिकारीलाई प्रदान गरिने भएको छ । विगत १७ वर्ष देखि पत्रकारितामा क्रियाशिल अधिकारी सामुदायिक रेडियो स्याङ्जाको समाचार,सम्पादन प्रमुख समेत हुन् । सौन्दर्य विद् चिनु गुरुङले पत्रकार महिलाकालागि स्थापना गरेको यो पुरस्कार प्रत्येक वर्ष पत्रकारितामा क्रियाशिल पश्चिमाञ्चलका एक जना महिलालाई प्रदान गरिन्छ । रु १ लाख ११ हजार १ सय ११ अक्षयकोष रहेको यस पुरस्कारको राशि दश हजार १ सय ११ र सम्मान पत्र रहेको छ । यस पुरस्कारबाट यस अघि पत्रकार दुर्गा भण्डारीलाई पुरस्कृत गरिएको थियो । नेपाली महिलाहरुको महान पर्व तिजको अवसर पारेर प्रदान गरिने यि दुवै पुरस्कार यस वर्ष भदौ १४ गते एक समारोहका बिच वितरण गरिने संचारिका समुह पश्चिमाञ्चलकी अध्यक्ष जमुना वर्षा शर्माले जानकारी दिइन् ।





Post a Comment

 
Top