0
गोल्डेन न्यूज संवाददाता
हरितालिका तीजको अवसरमा प्रिष्टिना ब्यूटि इन्स्टिच्यूट र सुदेश इम्पोरियम चिप्लेढुङ्गाले संयुक्त रुपमा पोखरामा आयोजना गरेको तीज गीत नृत्य प्रतियोगितामा विरौटा कि सपना ताम्राकार (पोखरेल) प्रथम भएकी छन् । प्रतियोगितामा मासबार कि शलिफा गुरुङ द्वितीय, रामबजार कि सन्ध्या शर्मा तृतीय र ईन्दु राना सान्त्वना हुन सफल भएका छन्।  विजयी प्रतियोगीहरुलाई प्रिष्टिना ब्यूटि इन्स्टिच्यूट र सुदेश इम्पोरियम चिप्लेढुङ्गाले पुरस्कारको व्यवस्था गरेको थियो । प्रयितोगितामा योग गुरु उर्मिला हिराचन, सौन्दयकर्मी देवी गुरुङ र इन्स्टिच्यूटका विद्यार्थी नम्रता गुरुङले निर्णायकको भूमिका निर्वाह गरेका थिए । उक्त अवसरमा मिस ग्ल्यामर पोखरा–२०१६ मा फष्ट रनरअप हुन सफल सुष्मा कुवँरलाई सम्मान गरिएको थियो भने हरेक वर्ष आर्थिक रुपमा कमजोर एक जना महिलालाई प्रदान गर्दै आइरहेको प्रिष्टिना ब्यूटि इन्स्टिच्यूटमा ६ महिनाको डिप्लोमा कोर्षको तालिम लेखनाथ कि सरिता शर्मालाई प्रदान गर्ने घोषणा गरिएको थियो । यसअघि भएको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुदेश इम्पोरियम चिप्लेढुङ्गाका प्रोपाइटर शान्ति श्रेष्ठले तीज पर्वले महिलाहरुलाई एकतामा बाँध्ने बताइन । कार्यक्रममा योग गुरु रश्मी भण्डारी, समाजसेवी सुनिता थापा, सुदेश इम्पोरियम चिप्लेढुङ्गाका सुशिला श्रेष्ठ लगायतले पनि बोलेका थिए । कार्यक्रममा सहभागीहरुले नाचगान सहित शुभकामना आदान–प्रदान र दर खाएर रमाइलो गरेका थिए । प्रिष्टिना ब्यूटि इन्ष्टिच्यूटका सञ्चालिका ईन्दु क्षेत्री पुरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी उमा आलेमगरले गरेकी थिइन ।




Post a Comment

 
Top