0
गोल्डेन न्यूज संवाददाता
सहारा हङकङकी सदस्य एवं गुरुङ फिल्मका नायिका श्रीकुमारी (माया) गुरुङले पोखरा–१७ दोविल्लामा रहेको सहारा एकेडेमीमा रहेका वालकहरुलाई जर्सी सहयोग गरेकी छिन । नायिका गुरुङ सहारा एकेडेमीका वालकहरुको लागि ३० थान जर्सी शनिबार वालकहरुलाई हस्तान्तरण गर्दै विदेशमा रहेर स्वदेशमा आउँदा फुटवल खेलमा लागेका असहाय वालकहरुलाई सहयोग गर्न पाउँदा खुशि लागेको बताईन ।  यसअघि पनि सहयोग गर्दै आएकी नायिका गुरुङले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने वचन दिईन । दाताहरुले दिएको सहयोगले गर्दा एकेडेमी हाल यो अबस्थामा आएको बताउँदै क्लवका अध्यक्ष वीरभद्र आचार्यले सहयोग गर्र्ने प्रति धन्यवाद दिए। यसैबीच अखिल नेपाल फुटवल संघका उपाध्यक्ष एवं धरान फुटवल क्लवका अध्यक्ष किशोर राई, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन लगायतको टोलीले सहारा एकेडेमीको निरीक्षण समेत गरेको बरिष्ठ उपाध्यक्ष केशव बहादुर थापाले बताए । एकेडेमी निरीक्षण पछि संघका उपाध्यक्ष राईले सहारा एकेडेमीलाई नमुना एकेडेमी मनाउन आप्mनो क्षेत्रबाट सहयोग गर्ने वचन दिए । त्यस्तै, पछिल्लो क्रममा सहारा क्लवका फुटवल प्रशिक्षक किरण श्रेष्ठले एकेडेमीका लागि ११ हजार १ सय ११ र दिल बहादुर माझीले १० हजार रुपैया सहयोग गरेका छन । एकेडेमीमा हाल १६ जिल्लाका २८ जना वालकहरु रहेका छन् ।






Post a Comment

 
Top